दशैको मुखमा ग्रामीण क्षेत्रमा मनपरी भाडा असुली
सवारी साधनले मनपरी भाडा असुली गरेपछि पर्वतका ग्रामीण क्षेत्रमा यात्रा गर्ने सर्वसाधरण मर्कामा परेका छन् ।
पक्की सडकमा चल्ने सवारी साधनको भाडा सरकारले तोकेबमोजिम भए पनि ग्रामीण क्षेत्रमा चल्ने सवारीले मनपरी भाडा असुली गरिरहेका छन् । गाडी चढेर यात्रा नगरौँ सम्बन्धित ठाउँमा पुग्न घण्टौँ पैदलयात्रा गर्नुपर्छ । चढौँ भेँडाबाख्रा खाँदिएजस्तै खाँदिएर यात्रा गर्नुपर्ने बाध्यता रहेको यात्रुको गुनासो छ । दशैँका बेला सडकमा सवारी साधन र यात्रुको चाप छ । यस्तो मौकामा यातायात व्यवसायीले मनपरी भाडा असुली गरिरहेका यात्रुले गुनासो गरेका छन् ।
“हिँडेर जान आउन कठिन भो, गाडी चढ्ने बानी प¥यो, चढौँ भने सवारीले मनपरी भाडा लिन्छन्”, पर्वतको फलेवास नगरपालिका–३ शङ्करपोखरीका महेश्वर शर्माले भन्नुभयो, “यत्रो भाडा लाग्छ भन्दा कन्डक्टरले भाडा नभए यहीँ झर्नुहोस्, हामीलाई यात्रुको अभाव छैन भन्नुहुन्छ ।” पर्वत जिल्लाको कूल एक हजार ४४ किलोमिटर सडकमध्ये ६३ किलोमिटर कालोपत्रे, ६० किलोमिटर ग्राबेल र ८८० किलोमिटर सडक कच्ची छ । कच्ची र ग्रामीण सडकमा चल्ने सवारीको मनोमानी छ ।
अग्ला भीरमा रहेका, नमिलाइएका उकालो सडकमा समेत क्षमताभन्दा दोब्बर यात्रु राखेर गाडी कुदाउँदा जोखिम रहेको कुश्मा नगरपालिका–१४ आर्थरका शिवराम पौडेलले बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतको तथ्याङ्कअनुसार जिल्लामा रुट परमिट प्रदान गरिएका सडकमा जिपले प्रतिकिमी रु साढे आठ र बसले रु साढे सात लिने प्रावधान छ ।
तर, सवारी साधनले भने तेब्बरसम्म भाडा असुली गरिहेको यात्रुको गुनासो छ । व्यवसायीले भने मनपरी भाडा नलिएको र क्षमताभन्दा धेरै यात्रु नराखेको दाबी गर्दै आएका छन् ।सीमित सवारी र यात्रुको चाप बढेका कारण ग्रामीण क्षेत्रमा कालोपत्रे सडकजस्तो सहज नहुने भएकाले भाडा केही मात्र महँगो हुनु अस्वाभाविक नभएको उनीहरूको तर्क छ ।
“गाडीमा चढ्न खोज्ने धेरै हुन्छन्, कसैलाई चढ्नुस कसैलाई नचढ्नुस भन्न भएन । गाउँमै जाने गाडी त्यही गाउँका मान्छे त चढ्ने नै भए । त्यही पनि हामीले क्षमताभन्दा बढी त राखेका छैनौँ”, यातायात व्यवसायी कुमार श्रेष्ठले भन्नुभयो, “पिचमा चल्ने गाडीको भन्दा ग्रामीण क्षेत्रमा चल्नेको भाडा केही महँगो त हुने नै भयो । त्यस्ता सडकमा बस चलाउँदा हामीले लिने जोखिम र सवारी साधनको क्षति पिचमा चल्नेको कहाँ हुन्छ र ?”
ट्राफिक प्रहरी कार्यालय पर्वतले भने सवारी साधनले मनपरी भाडा लिएको भनी कुनै पनि उजुरी नआएको बताएको छ । यद्यपि, चाडपर्वको समयलाई ध्यानमा राखेर विभिन्न ठाउँमा ट्राफिक प्रहरी परिचालन गरेर भाडा असुली र क्षमताभन्दा बढी यात्रु राखे नराखेको विषयमा अनुगमन गर्ने र त्यस्तो गरेको पाइएमा तुरुन्त कारवाही गर्ने ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटले बताउनुभयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #मनपरी भाडा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्