काँग्रेसमा सर्वाधिक मत प्राप्त गर्ने को हुन् मुक्ताकुमारी यादव ?

काठमाडौँ, ६ पुस । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनले १३ पदाधिकारीसहित ८८ जना केन्द्रीय सदस्य निर्वाचित गरेको छ ।
जसमध्ये रमेश रिजाल र आनन्द ढुंगाना निर्विरोध चयन भएका हुन् भने बाँकी सबै निर्वाचनबाट विजयी बनेका हुन् ।
यस महाधिवेशनमा मुक्ताकुमारी यादव सबैभन्दा धेरै मत प्राप्त गरेर मधेसी महिला आरक्षणबाट केन्द्रीय सदस्यमा निर्वाचित भइन् । १२ र औँ र १३ औँ महाधिवेशनमा पराजित उनी यसपटक सर्वाधिक मत प्राप्त गर्न सफल बनिन् ।
महिला मधेसीतर्फ चार केन्द्रीय सदस्यका लागि पाँच जना प्रतिस्पर्धामा थिए ।
यादवले ३९६० मत पाएकी छन् । यसअघि खुला ३५ तर्फ केन्द्रीय सदस्यमा निर्वाचित पूर्वमहामन्त्री डा. शशांक कोइरालाले ३८३६ मत ल्याएका थिए । तर यादवले कोइरालाको भन्दा १२४ मत बढी ल्याएकी हुन् ।
शशांक कोइरालाभन्दा अधिक मत ल्याउने को हुन् यादव ?
२०३४ भदौ १३ गते महोत्तरीमा जन्मिएकी यादव वि. सं. २०५३ देखि निरन्तर राजनीतिमा सक्रिय छिन् ।
यसअघि यादव दोस्रो संविधान सभामा समानुपातिक सांसद थिइन् भने अहिले राष्ट्रिय सभा सदस्य छिन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #मुक्ताकुमारी यादव
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्