एमाले काठमाण्डौ जिल्ला कमिटीको अधिवेसन मुलपानी क्रिकेट मैदानमा हुने
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको छैटौ जिल्ला अधिवेसनको उद्घाटन शत्र काठमाण्डौ क्षेत्र नं २ को मुलपानी क्रिकेट मैदानमा हुने भएको छ।
सो जिल्ला अधिवेसन उद्घाटन शत्र स्थलको आज नेकपा एमालेका स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ,पोलिटब्युरो सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण राई,जिल्ला सचिव दीपक निरौला,प्रदेस सभा सदस्य मणिराम फुंयाल , गणेश दुलाल सहितका नेताहरुले निरीक्षण गरेका छन।
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको पुस १ गते बसेको बैठकले कगेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मा रहेको सो क्रिकेट मैदानमा जिल्ला अधिवेसनको उद्घाटन शत्र आयोजना गर्ने निर्णय गरेको हो।
पुस २३ गते हुने सो जिल्ला अधिवेसनको उद्घाटन शत्रको प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संबोधन गर्ने बताउदै जिल्ला सचिव दीपक निरौलाले सो अधिवेसनको बन्द शत्र पुस २४ गते रास्ट्रीय सभा गृहमा गर्ने तयारी गरिएको जानकारी दिएका छन।
पुस ८ गते हुने अधिवेसन मूल व्यवस्थापन समितीको बैठकले थप योजना निर्माण तथा तयारी गर्ने जानकारी दिदै सचिव निरौलाले अधिवेसन केन्द्रीत अभियान संचालन गर्नका लागि जिल्लाका १० निर्वाचन क्षेत्र ,२० प्रदेस क्षेत्र ,११ नगर र १३८ वटा वडा कमिटीहरुलाई आग्रह समेत गरेका छन।
क्याटेगोरी : राजनीति
ट्याग : #एमाले काठमाण्डौ जिल्ला कमिटी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्