कांग्रेसलाई गतिशील बनाउन बिनिता खड्का केन्द्रीय सदस्य बन्न खोज्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा रामेछापकी बिनिता खड्काले उम्मेदवारी दिने भएकी छिन् ।
अघिल्लो पटक १९ वर्षमा सबैभन्दा कान्छी महाधिवेशन प्रतिनिधिको रूपमा चुनिएकी खड्का दोस्रो पटक नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिमा बनिन् । त्यति बेला कान्छी महाधिवेशन प्रतिनिधिका रूपमा चुनिएकी आफूलाई केन्द्रीय नेतृत्वमा उभ्याउने योजना थियो । पार्टीको विद्धानमा केन्द्रीय सदस्यका लागि १५ वर्षको क्रियाशील सदस्यता हुनुपर्ने व्यवस्थाले यो सपना पुरा हुन सकेन । तर, यस पटक भने आफूलाई आम प्रतिनिधिको साथ मिल्ने बिनिताको विश्वास छ ।
विद्यालय तह देखिनै नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घबाट राजनीति थालेकी बिनिता खडका आफूलाई परिवारबाटै राजनीतिमा आउने प्रेरणा मिलेको बताउँछिन् । रामेछापको राजनीतिमा स्थापित परिवार, छोरी राजनीतिमा आओस् र देशका निम्ति खास केही गरोस् भन्ने चाहन्थ्यो । यसका लागि आफ्नै बुवा र माइलो बुवा बद्री बहादुर खड्काले सानै उमेरकी बिनिताका लागि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय हुने बाटो बनाइदिए । त्यही बाटोमा हिडदै जाँदा आज बिनिता खडका केन्द्रीय राजनीतिको हस्तक्षेपकारी भूमिकामा आई पुगेकी छन् ।नेपालको सबैभन्दा पुरानो र लोकतन्त्रको पर्याय पार्टी नेपाली काँग्रेस यति बेला इतिहासकै कठिन क्षणमा उभिएको छ । पार्टीभित्र जारी अन्तर्विरोधको सम्बोधनसँगै जारी विवाद कटुताको अन्त्य गर्न सुझबुझसहितको युवा नेतृत्वको खाँचो छ ।
कमजोर नेतृत्वका कारण नेपाली काँग्रेस र लोकतन्त्रको भविष्यमाथिनै बेलाबेलामा प्रश्न खडा हुने गरेका छन्। यस्तो अवस्थामा लोकतन्त्रको मियो पार्टी काँग्रेसले जनतालाई भरोसा दिलाउनका लागि पनि युवाहरू आफैँ नेतृत्व लिन अघि बढ्नुपर्ने अपरिहार्य देखिएको उनको बुझाई छ । राजनीतिमा युवालाई आकर्षण र सहभागी गर्न सके लोकतन्त्र बलियो हुन्छ । विकासका विभिन्न मुद्दामा युवाहरूको विशेष प्रभाव र भूमिका रहन्छ । साथै, युवाको उपस्थितिले राजनीतिक स्थितिहरूमा पुरातन वादी मनोवृत्ति परिवर्तन गर्न सक्छन् । युवाहरूलाई प्रोत्साहन गर्दा नेतृत्व गर्ने तत्परता, क्रियाशीलता र सहभागिताले राजनीतिलाई नयाँ आयाम दिन सक्छ । मुलुकको समृद्धिका लागि राज्यको नीति निर्माण र नेतृत्व तहमा युवाको समान एवं सार्थक सहभागिता आजको आवश्यकता हो । आसन्न नेपाली काँग्रेसको महाधिवेशनले बिनिता खड्काजस्ता जुझारु, विवेकशील र तत्पर युवाहरूलाई राजनीतिको मूलधारमा ल्याउने र केन्द्रीय राजनीतिमा हस्तक्षेपकारी भूमिका तयार पार्न सफल हुनेछ ।
सकेसम्म समाजलाई केही दिउँ भन्ने हो, गफ गरेर मात्र राजनीति टिक्दैन भन्ने बुझेको छु’ उनले भनिन् ‘जबसम्म हाम्रो राजनीतिबाट समाजले केही पाएको महसुश गर्दैन तबसम्म फोस्रो र आदर्शका कुराले मात्र राजनीति सम्भव छैन ।’ सरल स्वभावका उनी कांग्रेसले यो बेलामा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताउँछिन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #नेपाली कांग्रेस, #बिनिता खड्का
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्