भीमसेनदासको समर्थन इन्द्र बानियाँलाई
काठमाडौं । कांग्रेसको बागमती प्रदेश सभापतिमा भीमसेनदास प्रधानले इन्द्र बानियाँलाई समर्थन गरेका छन् ।
सभापति पदमा इन्द्र बानियाँ, जगदिश्वर नरसिंह केसी र भीमसेनदास प्रधान मध्ये पहिलो चरणमा कसैले पनि बहुमत नल्याएपछि दोस्रो चरणको मतदानमा बानियाँलाई समर्थन गरेका हुन् ।
आइतबार बिहान हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रधानले सभापतिमा बानियाँलाई मतदान गर्न आफ्ना समर्थकलाई आग्रह गरे ।‘सम्पूर्ण साथीहरुले उहाँ ९बानियाँ० को पक्षमा मतदान गर्न आग्रह गर्छु । उहाँ संसदीय दलको नेता हुनुहुन्छ । भोलि मुख्यमन्त्री बन्दै हुनुहुन्छ । सबै कुरा उहाँको वरिपरी घुमिरहेको छ,’ उनले भने ।
आइतबार बिहान सार्वजनिक मत परिणाममा बानियाँले ९९२ मत ल्याएका थिए भने सभापतिका अर्का उम्मेदवार केसीले ८७२ मत पाए । तेस्रो भएका प्रधानले १९७ मत ल्याएका हुन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #भीमसेनदास
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्