एमालेमा आगामी महाधिवेशनमा गुट–उपगुट हुँदैन: योगेश भट्टराई
मंसिर । नेकपा एमालेका सचिव तथा प्रचार–प्रसार विभाग प्रमुख योगेशकुमार भट्टराईले अब पार्टीमा कुनै पनि गुट–उपगुट नरहने बताएका छन् ।
आगामी महाधिवेशनले पार्टीभित्र रहेका सबैखाले तिक्तता कम गर्ने दाबी गर्दै उनले अब पार्टीको एउटै लक्ष्य सूर्य चिह्नको बहुमत, अनि सरकार निर्माण र त्यसमार्फत समाजवादको बाटोमा जाने भएकाले गुट–उपगुटको खेलो गर्न नहुने बताएका हुन् ।
काठमाडौंमा आज शुक्रबार भएको एक साक्षातकार कार्यक्रममा उनले भने, ‘यो पटक पार्टीमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने हो । हामी त्यही अनुसार अघि बढेका छौं । यदि सर्वसम्मत भएन भने पार्टीमा नेतृत्वमा प्रतिष्पर्धा गर्ने छूट हरेक प्रतिनिधिलाई छ ।’
सर्वसम्मत नभएको स्थितिमा २ हजार २०० जना महाधिवेशन प्रतिनिधिहरूमध्ये हरेकलाई प्रतिस्पर्धा गर्ने छूट रहेको उनको भनाइ छ । ‘हरेकले त्यो अधिकार प्रयोग गर्न पाउनुहुछ । यो विधानतः अधिकार प्राप्त छ । तर, हाम्रो मिशन भनेको एमालेमा यो पटक सर्वसम्मत नेतृत्व चयन गर्ने हो । सहमतिमार्फत नेतृत्व चयन हुन्छ भन्ने म विश्वास दिलाउन चाहन्छु,’ उनले भने ।
पार्टीले सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्न सकेको खण्डमा एमालेको भावी अध्यक्ष पनि केपी शर्मा ओली नै भएको नेता भट्टराईको दाबी छ । ‘नेतृत्व सर्वसम्मत हुँदा केपी ओली नै अध्यक्ष हो । नेतृत्वमा सहमति भएन भने कसैले पनि उम्मेदवारी दिन सक्छ, अब पार्टीमा गुट–उपगुट हुँदैन,’ उनले भने ।
क्याटेगोरी : राजनीति
ट्याग : #योगेशकुमार भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्