पोखराबाट अखिल क्रान्तिकारीका ६ विद्यार्थी गिरफ्तार
हिजो शनिबार मात्र कास्कीको पोखरा रामबजारबाटबाट भित्तेलेखनमा खटिइरहेका बेला नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ल सचिव पवन पुन, सदस्यहरु राविन्द्र राई, सूर्य गुरुङ, गगन परियार, उज्ज्न पुन र सागर विकलाई प्रहरीले गिरफ्तार गरी हिरासतमा राखिएको छ ।
उनीहरु पार्टीको गएको भदौ १ गतेबाट शुरु गरेको चार महिने एकीकृत जनजागरण अभियान अन्तर्गत ‘संगठन विस्तार तथा सुदृढ’ कार्यक्रमका क्रममा प्रचारप्रसार तथा भित्तेलेखनमा अभियानमा थिए ।
पछिल्लो समयमा नेकपाका नेता कार्यकर्तामाथि सरकारले चरम दमन र गिरफ्तार साथै विभिन्न अभियोग लगाउने क्रमलाई झनै तीव्रता दिइरहेको छ । यसैकारण सरकारमाथि चौतर्फी आलोचना र टिप्पणी भइरहेको छ ।
तैपनि उसले बेवास्ता गर्दै आएको छ । संविधानसँग ‘असन्तुष्ट पक्षहरु’ भनेर वार्ता टोली गठन गरिसकेको अवस्थामा पनि संविधानलाई अस्वीकार गर्दै आइरहेको नेकपाप्रति झनै चर्को दमन र शान्तिपूर्ण राजनीतिक कार्यक्रममाथि चर्को हस्तक्षेपमा उत्रिएको छ ।
नेकपाले भने इमान्दारीपूर्वक वार्ता गर्न सरकारसँग राजनीतिक गतिविधिको रोक बन्द गर्नुपर्ने, गिरफ्तार नेता कार्यकर्तालाई बिनासर्त रिहा गर्नुपर्ने, झुठा मुद्दा फिर्ता गर्नुपर्ने लगायत माग राख्दै आएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #अखिल क्रान्तिकारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्