पोखराबाट अखिल क्रान्तिकारीका ६ विद्यार्थी गिरफ्तार

हिजो शनिबार मात्र कास्कीको पोखरा रामबजारबाटबाट भित्तेलेखनमा खटिइरहेका बेला नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ल सचिव पवन पुन, सदस्यहरु राविन्द्र राई, सूर्य गुरुङ, गगन परियार, उज्ज्न पुन र सागर विकलाई प्रहरीले गिरफ्तार गरी हिरासतमा राखिएको छ ।
उनीहरु पार्टीको गएको भदौ १ गतेबाट शुरु गरेको चार महिने एकीकृत जनजागरण अभियान अन्तर्गत ‘संगठन विस्तार तथा सुदृढ’ कार्यक्रमका क्रममा प्रचारप्रसार तथा भित्तेलेखनमा अभियानमा थिए ।
पछिल्लो समयमा नेकपाका नेता कार्यकर्तामाथि सरकारले चरम दमन र गिरफ्तार साथै विभिन्न अभियोग लगाउने क्रमलाई झनै तीव्रता दिइरहेको छ । यसैकारण सरकारमाथि चौतर्फी आलोचना र टिप्पणी भइरहेको छ ।
तैपनि उसले बेवास्ता गर्दै आएको छ । संविधानसँग ‘असन्तुष्ट पक्षहरु’ भनेर वार्ता टोली गठन गरिसकेको अवस्थामा पनि संविधानलाई अस्वीकार गर्दै आइरहेको नेकपाप्रति झनै चर्को दमन र शान्तिपूर्ण राजनीतिक कार्यक्रममाथि चर्को हस्तक्षेपमा उत्रिएको छ ।
नेकपाले भने इमान्दारीपूर्वक वार्ता गर्न सरकारसँग राजनीतिक गतिविधिको रोक बन्द गर्नुपर्ने, गिरफ्तार नेता कार्यकर्तालाई बिनासर्त रिहा गर्नुपर्ने, झुठा मुद्दा फिर्ता गर्नुपर्ने लगायत माग राख्दै आएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #अखिल क्रान्तिकारी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्