एसपीको नाममा असुली आतंक मच्चाउने प्रहरी जवान वली सहित ३ घुमुवा प्रहरी जिल्ला तानिए
दाङ । दाङमा एसपीको नाममा पैसा उठाउने तीन जना घुमुवा प्रहरीलाई कार्वाहीको लागी जिल्ला तानेको छ ।
(एसपी) सुरेश काफ्लेको नाममा तुलसीपुर क्षेत्रबाट बालुवा, गिट्टी ओसार्न दिने सर्तमा ट्रयाक्टर ब्यबसायीहरु संँग प्रति ट्याक्टर ३०/ ३० हजार रुपैयाँको दरले आर्थिक लाभ लिइ गैरब्यावसायिक कार्य गर्ने गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरका घुमुवाका बिवादित प्रहरी जवान कर्ण वली सहित देबेन्द्र मल्ल र जमान खड्कालाइ जिल्लामा तानिएको हो ।
स्रोतका अनुसार स्वयं ट्रयाक्टर ब्यबसायीहरुले बालुवा गिट्टीको अबैध तस्करी गर्ने दिने सर्तमा केही घुमुवा प्रहरीले एसपीको नाममा पैसा असुलेको बयान दिएका छन् । पीडितहरुको बयानका आधारमा जिल्ला प्रहरी कार्यालय दाङले उनीहरु माथि आवश्यक अनुसन्धान तथा छानबिनका लागी उक्त क्षेत्रबाट अहिले जिम्मेवारीबाट हटाइ जिल्ला तानिएको र यस्मा थप छानबिन समिति नै गठन गरी अनुसन्धान गर्न लागिएको जिल्ला प्रहरी कार्यालय दाङका (एसपी) सुरेश काफ्लेले बताए ।
(एसपी) काफ्लेका अनुसार छानबिनका क्रममा पीडितहरुले लगाएको आरोप प्रमाणित भए कसुर मात्रा हेरी बिभागीय कारबाही देखि निलम्बनसम्म हुन सक्ने बताए । तुलसीपुर क्षेत्रबाट यसअघि पनि सर्वसाधारणको गुनासोका आधारमा घुमुवा प्रहरीलाई जिल्ला तानेर बिभागीय कारबाही गरिदै आएको थियो ।
स्मरण रहोस् : प्रहरी जवान वली जहाँ जान्छन्, त्यहाँ विवादित भइरहन्छन् । यस अघि वर्डा प्रहरी कार्यालय नारायणगढ चितवनको घुमुवा हुँदा समेत आर्थिक लाभ लिएको बिषयमा निरन्तर बिवादित भइरहेका उनलाई चितवनबाट लखटिएको थियो । अहिले पुनः एसपीकै नाममा घुस आतंक मच्चाउदै आएका उनलाई आन्तरिक कार्वाहीको लागी जिल्ला तानिएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
ट्याग : ##कर्ण वली, ##घुमुवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्