नेकपा (एस) बागमती प्रदेश कमिटी गठन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को बागमती प्रदेश भेलाले २३१ सदस्यीय नयाँ बागमती प्रदेश कमिटी गठन गरेको छ ।
आज आयोजित भेलामा प्रादेशिक इन्चार्ज/सहइन्चार्ज, पदाधिकारीसहितको १७ सदस्यीय सचिवालय गठन गरिएको छ । उक्त कार्यक्रममा पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले कमिटीका सदस्यलाई शपथ गराउनुभयो । इन्चार्ज केदार न्यौपानेले कार्ययोजनासम्बन्धी विषय प्रस्तुत गर्नुभयो भने स्थायी समिति सदस्य जीवनराम श्रेष्ठले कार्यविभाजनसम्बन्धी विषय प्रस्तुत गर्नुभयो ।
प्रदेशभित्र सञ्चालन गरिने राजनीतिक गतिविधि, तिनका कार्य विभाजन, नेतालाई आवश्यकतानुसारको जिम्मेवारी प्रदान गर्न छलफल गरिएको छ । सङ्गठनलाई शुद्धीकरण, सुदृढीकरण र विस्तार गर्नेलगायत विषयमा छलफल भएको छ ।
स्थायी समिति सदस्य सावित्रा भुसालले आगामी दिनमा प्रदेशलाई कसरी सशक्त बनाएर लैजाने, प्रदेशभित्र पर्ने, महानगर, उपमहानगर, नगर, वडालगायत स्थानीय तहका निर्वाचनमा कसरी सफलता प्राप्त गर्ने विषयमा संवेदनशील हुन आग्रह गर्नुभयो ।
परिवर्तित अवस्थामा पार्टीको केन्द्रीय तहसँग समन्वय र समझदारी गरी प्रभावकारीरूपमा राजनीतिक गतिविधिका साथै सामाजिक कार्यक्रम सञ्चालन गर्ने, जनताका समस्यालाई केन्द्रमा राखेर अगाडि बढ्न सहभागीले भेलाले सुझाव दिएका छन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #नेकपा (एस )
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्