नयाँ बसपार्क स्थित कान्तिपुर मलमा बढ्यो रौनक,सामान किन्दा उपहार जित्ने मौका
चाडपर्व नजिकिदै जादा ग्राहकहरुलाई आकर्षित गर्न व्यापारिक कम्प्लेक्सहरुले अनेक तिकडाम अपनाउन थालेका छ्न् ।यस मामलामा कान्तिपुर मल एक कदम अगाडी देखिएको छ।दशै,तिहार र छ्ठ पर्वलाई लक्षित गरेर आफ्ना ग्राहकहरुलाई कान्तिपुर मलले विशेष छुटका साथै उपहारको पनि व्यवस्था गरेको छ। चाडवाड नजिकिदै जादा नयाँ बसपार्कमा अवस्थित कान्तिपुर मलमा बेग्लै रौनकता छाएको छ।
मलको चारै कुना सिगारिएको छ । त्यस्तै कान्तिपुर मलले दशै,तिहार र छ्ठ पर्वको अवसरमा उपहार योजना पनि ल्याएको छ। कान्तिपुर मलमा सामान किनमेल गर्ने हरेक ग्राहकले रु १००० भन्दा माथीको खरिदमा एक वटा उपहार कुपन सित्तैमा प्राप्त गर्नेछन् ।
उपहार योजना अन्तर्गत मङ्सिर १ गते कान्तिपुर मलमा ग्राहकको उपस्थितिमा पुरस्कार घोषणा हुनेछ। उपहार योजनामा प्रथम पुरस्कार १५० सिसिको यमहा बाईक,दोश्रो पुरस्कार १२५ सिसिको यमहा स्कुटर,तेश्रो पुरस्कार मेमाको ४२’ को टेलिभिजन ,चौथो पुरस्कार भिडियोकनको १९० लिटरको फ्रीज र अन्य सान्त्वना पुरस्कार पनि राखिएका छ्न् ।
यसैगरी,कान्तिपुर मलले टिकटक प्रतिष्पर्धा पनि आयोजना गरेको छ।जस अन्तर्गत कान्तिपुर मलमा आएर टिकटक बनाउने टिकटकर मध्य बाट उत्कृष्ट १० जनालाई विशेष पुरस्कार (गिफ्ट ह्यम्पर) प्रदान गरिने कान्तिपुर मलका महाप्रबन्धक अमर निरौला बताउनुहुन्छ। टिकटक प्रतिस्पर्धामा भाग लिन चाहनेले भने कान्तिपुर मलको मुल भागमा राखिएको पुरस्कार अगाडी बसेर टिकटक बनाउनुपर्ने हुन्छ साथै आफ्नो टिकटक आईडी त्यहाँ रहेको खातामा टिपाउनु पर्ने हुन्छ।
कान्तिपुर मलमा आउने ग्राहकले सुपथ मुल्यमा गुणस्तरीय सामान प्राप्त गर्ने व्यापारी प्रेम पौडेल बताउनु हुन्छ। कान्तिपुर मलमा वित्तिय संस्था, सैलुन,गुदपाक,लत्ताकपडा,ईलेक्ट्रोनिक्स आईटम,रेस्टुरेन्ट लगायतका सेवासुबिधा रहेको कान्तिपुर मल व्यापार संघका अध्यक्ष जित बहादुर कटुवाल बताउनुहुन्छ। सुहाउँदो मुल्यमा गुणस्तरीय सामान उपलब्ध गराउनु कान्तिपुर मलको मुल ध्येय रहेको कान्तिपुर मल व्यापार संघका उपाध्यक्ष रमेश गौतम बताउनुहुन्छ।
उहाँ अगाडी थप्नुहुन्छ,’ग्राहकहरुले ढुक्क भएर कान्तिपुर मलमा किनमेल गर्न सक्नुहुन्छ ।’ ग्राहकहरुको भिड बढ्न थालेको र चाडपर्वको रौनकता देखिन थालेको मलका व्यवसायी रुजल श्रेष्ठ बताउनुहुन्छ।
क्याटेगोरी : अर्थ
ट्याग : #कान्तिपुर मल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्