कान्तिपुर मल किनमेलका लागी उत्कृष्ट गतब्य : महाप्रबन्धक अमर निरौला

काठमाडौ । नजीकदै गरेको दशैं तिहारलाई मध्यनजर गर्दे कान्तिपुर मलले ग्रहाकहरुलाई बिभिन्न सुविधा दिने भएको छ । ग्राहकहरुको रोजाइमा पर्न सफल गंगोवु स्थीत कान्तीपुरमलका महाप्रबन्धक अमर निरौलासंग चाडपर्व विशेष गरिएको कुराकानी :
१ ।कान्तिपुर मलमा बिगत २०६४ साल देखी आजका मिती सम्म काम गर्दा के–कस्ता अनुभवहरु संगाल्नु भयो ?
कुनै पनि काम सजिलो हुदैन तर त्यसलाई सहज कसरी बनाउने भन्ने मुल कुरा हो । त्यसमा पनि बसपार्क जस्तो ठाउँमा विगत वर्षहरुमा मानिसहरु साँझ ५ बजे पछि हिड्न सक्दैन थे । तर यस ठाउमा आजभोली धेरै सुधारका काम भएका छन् । जस्तै शान्ति सुरक्षा,जनतामा आफै जनचेतना फैलाउने जस्ता कामहरु भएका छन् । विगतमा एउटा पनि वित्तिय संस्थाहरु थिएनन् । २०६४ सालमा यस भेगमा पहिलो बैकका रुपमा कुमारी बैक हाम्रो पहलमा आएको हो । त्यसपछी धेरै बैक,वित्तिय संस्थाहरु आएर बसपार्कमा पनि धेरै मात्रामा सुधार भएको छ । यस ठाँउमा आएर निर्धक्क साथ कान्तिपुर मलमा ग्राहक महानुभावहरुले वडा दशैको उपलक्ष्यमा समान खरिद गर्न सक्नु हुनेछ ।
२। कोेरोनाले समग्र क्षेत्रमा असर पार्यो । व्यापारीहरुलाई त असर नगर्ने कुरै भएन । कान्तिपुर मलले व्यापारीहरुलाई के–कस्ता राहत उपलव्ध गरायो बताईदिनुस न ?
कोभिडका कारणले विश्व नै आक्रान्त भएको कुरा सर्वविदित नै छ । त्यसमा नेपाल पनि अछुतो रहन सकेन । व्यापार व्यवसायमा धेरै समस्याको सामना गर्नु पर्यो । राज्यवाट व्यापारीक हक हितका लागी कुनै प्रकारको सम्वोधन हुन सकेन । बैकको व्याज दर तिर्नै पर्यो ,नेपाल सरकारलाई कर तिर्नै पर्यो । त्यसका बावजुत पनि कान्तिपुर मलले पहिलो काभिडको समयमा सम्पुर्ण कान्तिपुर मलका व्यापारी हरुलाइ २ महिनाको भाडा छुट दियो ।
३। अब चाडपर्व पनि मुखैमा आईसक्यो । ग्राहकलाई आकर्षित गर्न के–कस्ता कार्यक्रम ल्याउदै हुनुहुन्छ ?
विगतका वर्षहरुमा झै कान्तिपुर मलले पुरस्कारको व्यवस्था गरे जस्तै यसपाली पनी प्रथम पुरस्कारका रुपमा यमहाको १५० सि।सि मोटरसाईकल, दोश्रोमा यमहाको स्कुटी १२५ सि।सि, तेश्रोमा मेमाको एलसिडी ४२ इन्ची, चौथोमा भिडियोकोनको १९० लिटरको फ्रिज र साथमा धेरै सान्त्वना पुरस्कारको व्यवस्था गरेका छौ । त्यसै गरी उत्कृष्ट १० टिकटकलाई उपहारको व्यवस्था छ । रु १००० भन्दा माथीको सामान खरिद गर्दा एउटा उपहार कुपन ग्राहक माहानुभाबहरुले सित्तैमा पाउनु हुनेछ । ग्राहक महानुभावहरुले कान्तिपुर मलमा सामान खरिद गर्दा नबिर्सिकन उपहार कुपन सितैमा माग्न नविर्सनु होला ।
४। कान्तिपुर मलमा पाईने सामानहरु गुणस्तरिय छन् भनेर ग्राहकहरु ढुक्क हुने अवस्था छ र ?
यहाँ गुणस्तरिय सामाग्री सुफथ मुल्यमा पाउनु हुने छ । सामान खरिद गर्दा कुनै कारणवस समस्या आएमा कान्तिपुर मलको कार्यालय आएर गुनासो गर्नु सक्नु हुने छ । ग्राहक महानुभावहरुलाई सेवा गर्न व्यवस्थापन कार्यालय हाजिर छ । अन्तमा सम्पुर्ण ग्राहक महानुभावहरुमा विजया दशमी २०७८को मङगलमय शुभकामना व्यक्त गर्दछौ । सबैको जय होस ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #कान्तीपुरमल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्