तारकेश्वर कांग्रेस इकाइ अधिवेशन : निर्वाचन अधिकृत बिरुद्ध मुदा दायर गर्ने
तारकेश्वर काठमाडौं । नेपाली कांग्रेस तारकेश्वर वडा नं ३ को ईकाइ अधिवेशनमा बिवाद भएको छ । ईकाइ अधिवेशन गौर कानुनी रुपमा संचालन भएको भन्दै बिरोध भएको छ । नेपाली कांग्रेस क्षेत्र नं ७ का सदस्य भोलानाथ अर्यालका अनुसार अधिवेशन शुरुहुने पूर्व सन्ध्यामै बिधान लत्याइएको छ । ईकाइ सभापतिमा ६ जना उम्मेदवार थिए , उम्मेदवारी दर्ता फारम सम्म नभराई खाली कागजमा नाम टिपेर प्रति उम्मेदवार पाँच हजार रुपैया सम्म मनोमानी रुपले संकलन गरेको अर्यालको भनाई छ । तवकी बिधान अनुसार उम्मेदवारी दर्ता पाँच सय रुपैया रहेको छ र उम्मेदवारी फारममा प्रस्तावक र सर्मथक अनिवार्य हुनुपर्दछ ।
त्यस्तै दिनभर निर्वाचन हुन नसकेको र सर्वसम्मतिको बाहाना गरि निर्वाचन अधिकृत हरिशरण खतिवडाले साँझपख केही समूहरुमात्र मिलाएर एक्लौटी रुपमा बर्तमान तारकेश्वर नगरका सचिव परशुराम अर्याल सहितका पदाधिकारीहरु घोषण गर्नुभएको उनी बताउछन ।
निर्वाचन अधिकृतनै अबैधानिक
वडा नं ३ को ईकाइ अधिवेशनका लागी बरिष्ठ अधिवक्तmा पोषण राज लामिछानेलाई तोकीएको थियो तर सोही स्थानमा हरिशरण खतिवडालाई निर्वाचन अधिकृतका रुपमा जिम्मेवारी दिइएको छ । ने.वी संघ ग्रामीण आर्दश बहुमुखी क्याम्पसका पूर्व सभापति रहेका खतिवडा हाल नुवाकोट पंचकन्या गाउँपालिका वडा नं ५ बाट क्षेत्रीय प्रतिनिधि रहेका छन । नेपाली कांग्रेसको बिधान अनुसार निर्वाचन अधिकृतक कुनै पनि बहालवाल समितिमा रहनुहुदैन ।
निर्वाचन अधिकृत बिरुद मुदा दायर गर्ने
यसै बिच ईकाई सभापतिका प्रत्यासी राजु फँयालले निर्वाचन अधिकृत हरिशरण खतिवडा बिरुद्ध उजुरी गर्ने बताएका छन । वडा नं ३ मा रहेका २०२ जना क्रियाशिल सदस्यहरु मध्य १५० भन्दा बढीको हस्ताक्षर भएको र आजै जिल्ला निर्वाचन कार्यालय ज्ञानेश्वर र केन्द्रिय निर्वाचन कार्यालय सानेपामा उजुरी दर्ता गर्ने फँयालले बताए ।
सोही बिषयमा साझापाना अनलाइनले निर्वाचन अधिकृत हरिशरण खतिवडासंग पटक पटक कुरा गर्ने खोज्दा उहाँले केही कुरा गर्ने चाहानु भएको छैन ।
क्याटेगोरी : राजनीति
ट्याग : #कांग्रेस इकाइ अधिवेशन : निर्वाचन अधिकृत बिरुद मुदा, #तारकेश्वर कांग्रेस इकाइ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्