एप्पलले सार्वजनिक गर्यो आइफोन १३ सिरिजका ४ आइफोन
बहुप्रतिक्षित समारोहका बीच एप्पलले आफ्नो नयाँ संस्करणका आइफोनलगायतका विभिन्न प्रडक्टहरु सार्वजनिक गरेको छ । क्यालिफोर्निया स्ट्रिमिङ नामक उक्त अनलाइन समारोहमा एप्पलले एकसाथ आइफोन १३ सिरिजसँगै आइप्याड २०२१, नयाँ आइप्याड मिनी र एप्पल वाच ७ सिरिज पनि ल्याएको हो ।
आइफोन प्रयोगकर्ताहरुको लामो पर्खाइलाई अन्त्य गर्दै एप्पलले आइफोन १३ सिरिज सार्वजनिक गर्यो । यस सिरिज अन्तरगत आइफोन १३, आइफोन १३ प्रो र आइफोन १३ म्याक्स र सानो आकारको आइफोन १३ मिनी गरी ४ वटा मोडेल छन् ।
आइफोन १३ को हकमा एप्पलले आइफोन १२ को डिजाइनमा कुनै परिवर्तन गरेको छैन त्यसैले यो आइफोन १२ जस्तै देखिनेछ । फोनमा १२ मेगापिक्सेलको क्यामरा तथा A15 बायोनिक चिपसेट रहेको छ । जुन सिक्स कोर चिपसेट हो ।
आइफोन १२ को तुलनामा आइफोन मिनीमा साढे २ घण्टा बढी ब्याट्री ब्याकअप हुने एप्पलको दाबी छ । आइफोन १३ मिनीको सुरुआती मूल्य ६९९ डलर तोकिएको छ भने आइफोन १३ को सुरुआती मूल्य ७९९ डलर तोकिएको छ । आइफोन १३ मा ६.१ इन्चकेा डिस्प्ले हुनेछ भने मिनी मोडेलमा ५.४ इन्चको डिस्प्ले रहनेछ ।
एप्पलको आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्समा ट्रिपल रियर क्यामरा हुनेछन् । क्यामरासँगै थ्री एक्स अप्टिकल जूम फिचर हुनेछ । आइफोन १३ प्रो को डिस्प्ले रिफ्रेस रेट १२० हर्ज छ । यसमा सुपर रेटिना एक्सडिआर डिस्प्ले रहेको छ । ६.१ इन्चको स्क्रिन साइजमा उपलब्ध हुने आइफोन १३ प्रो को सुरुआती मूल्य ९९९ डलर तोकिएको छ ।
६.७ इन्च स्क्रिन साइजमा उपलब्ध हुने आइफोन १३ प्रो म्याक्समा १ टेराबाइट स्टोरेज अप्सन पनि उपलब्ध छ । आइफोन १३ प्रो म्याक्सलगायत सबै नयाँ आइफोनका क्यामरामा नाइट मोड हुनेछ जसले रातको समयमा उत्कृष्ट तस्वीर तथा भिडियो खिच्न सहयोग पुग्नेछ । को मूल्य १०९९ डलर तोकिएको छ । नयाँ आइफोनको प्रिअर्डर सेप्टेम्बर १७ देखि सुरु हुने बताइएको छ । आइफोन १३ सिरिजका सबै मोडेलमा फाइभ जी सपोर्ट रहेको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #आइफोन १३ सिरिज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्