भरतपुरबाट नगद ३ लाख १७ हजार रुपैयाँ सहित सात जुवाडे पक्राउ ( नाम सहित )
चितवन । चितवन प्रहरीले नगद ३ लाख १७ हजार रुपैयाँ सहित सात जना जुवाडेलाइ पक्राउ गरेको छ ।
प्रहरीले भरतपुर महानगरपालिका वर्डा नम्बर १६ स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला गेट नजिकै रहेको स्थानीय धिरेन्द्र हमालको घरबाट जुवा खेलीरहेको अवस्थामा एक महिला सहित ६ जनालाइ पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका वर्डा नम्बर १५ बस्ने बद्री लामा, सोही स्थान बस्ने हिमाली गुरुङ, बुद्धि राज महत्तो, राजकुमार शाही, लक्ष्मण श्रेष्ठ, मेघराज तामाङ र बिरेन्द्र ठकुरी रहेका छन् ।
उनीहरुलाइ जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी निरीक्षक धर्मराज खत्रीको कमान्डमा खटि गएको प्रहरीको विशेष टोलीले आज (बुधबार) बेलुकी ५ बजे पक्राउ गरेको बताइएको छ ।
पक्राउ परेकाहरूउपर आवश्यक अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ । उनीहरुलाइ अहिले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्