Techie IT
बुधबार, वैशाख २४,२०८२

बर्दिवासमा साहित्यिक शृङ्खला सम्पन्न


– जीवनराज दाहाल (बर्दिवास)

बर्दिवास-सांस्कृतिक प्रतिष्ठानको २५ औं शृङ्खला सम्पन्न ।

आज मिति २०७८ साल साउन २ गते शनिबार बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको २५ औं शृङ्खला यस प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल(विपुल)को अध्यक्षतामा सम्पन्न भएको छ ।

यस प्रतिष्ठानका सचिव यशोदा श्रेष्ठको सञ्चालनमा सम्पन्न शृङ्खलामा प्रलेस महोत्तरीका अध्यक्ष एवम् प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शी, नव गठित मिथिला साहित्य प्रतिष्ठानका संयोजक बिपिराज दहाल, शिशिर घिमिरे स्मृति प्रतिष्ठानका संरक्षक अग्नि कवचले शृङ्खला सफलताको शुभकामना दिनुभएको थियो ।

उक्त शृङ्खलामा प्रलेसका केन्द्रीय सदस्य एवं प्रलेस प्रदेश नम्बर २ का अध्यक्ष पार्थ सारथिको पनि उपस्थिति थियो । यस शृङ्खलामा विभिन्न लयका कविता र गजल वाचन गरिएका थिए। रचना वाचन गर्ने स्रष्टाहरुमा जेनिशा थापा, विजय कालीकोटे, सानीमाया पुलामी, ईश्वर पोखरेल, नानीराम दहाल, विपिराज दहाल, अग्नि कवच, पवन वाग्ले, यशोदा श्रेष्ठ, जीवनस्पर्शी र आर सी पौडेल हुनुहुन्थ्यो ।

यस प्रतिष्ठानको २५ औं शृङ्खलालाई सभ्य र भव्य रुपमा सम्पन्न पार्न सहभागी हुने स्रष्टाहरुलाई सभाध्यक्ष रामचन्द्र पौडेल (विपुल) धन्यवाद ज्ञापन गर्दै शृङ्खला समापन गर्नु भएको थियो ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:18 am6:42 pm +0545