चितवनको राप्तीमा युवतीको शव सडेको अवस्थामा फेला, सुजिताको शव हुन सक्ने आशंका, प्रहरीको अनुसन्धान सुरु
चितवन । चितवनमा एक युवतीको शव फेला परेको छ । केही दिन अघि अपहरणमा परेकी भनिएकी राप्ती नगरपालिका वर्डा नम्बर ३ की २२ बर्षीया सुजिता भण्डारीको शव सडेगलेको अवस्थामा राप्ती नगरपालिका वडा नंम्बर ३ स्थित धमिलीमा रहेको ब्रह्मस्थानी सामुदायिक वनमा फेला परेको हो । उनको शवलाई परिवारले पुष्टि गरेका हुन् ।
मृतकको शव सडेको अवस्थामा
जंगलमा च्याउन टिप्न गएका स्थानीयहरुले शवलाइ देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव सडेगलेको अवस्थामा फेला परेको बताइएको छ । वनको विचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको थियो । सामुदायिक वनमा शव फेला परेको जानकारी पाएपछि प्रहरीको टोली घट्नास्थलमा गएको थियो ।
मृतक सुजिता भण्डारी
यही असार ११ गते (शुक्रबार) बिहान साथीको घरमा तरकारी किन्न जान्छु भनी गएकी सुजिताले दिउँसो सवा १२ बजे आफ्नी दिदीलाइ फोन गरी केही युवाहरुले आफुलाइ अपहरण गरेको र सौराहा लैजाँदै गरेको भनी खबर गरेपछि परिवारले उनको अपहरण भएको हुन सक्ने आशंका गरेका थिए ।
सुजिताको घरबाट तीन किलोमिटर धमिली र धमिली बाट आधा घन्टा पैदल हिँडेपछि घटनास्थलमा पुगिन्छ । शव घटनास्थलमै रहेको र पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ ।
यता, जिल्ला प्रहरी कार्यालय चितवनले भने राप्तीमा एक जना युवतीको शव फेला परेको भए पनि पहिचान भने भइनसकेको जनाएको छ । सुजिताको खोजीका लागि एक साता अघि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट समेत प्रहरीको टोलीलाइ परिचालन गरिएको थियो । यस बिषयमा चितवन प्रहरीले आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्