तारकेश्वरमा २४ घण्टामा २३ कोरोना संक्रमित

काठमाडौं । तारकेश्वर नगरपालिकामा दोस्रो चरणमा कोरोना संक्रमितको संख्या २४४४ पुगेको छ । तारकेश्वर नगरले दिएको जानकारी अनुसार ११२० महिला र १३२४ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या १४३७ रहेको छ । अहिलेसम्म ४२ जनाको मृत्यु भएको छ । जसमा २० महिला र २२ पुरुष रहेका छन् । संक्रिय संक्रमितको संख्या ४६१ महिला र ५०४ पुरुष गरी ९६५ जना पुगेका छन् ।
त्यस्तै तारकेश्वर १ मा कोरोना संक्रमितको संख्या ४५ जना पुगेको छ । वडा नं. २ मा १७९ जना रहेका छन् । वडा नं. ३ मा ८१ जना रहेका छन् । वडा नं. ४ मा २१९ छन् । त्यस्तै वडा नंं. ५ मा २८८ जना छन् । वडा नं. ६ मा २४७ जनामा कोरोना संक्रमण देखिएको छ । वडा नं. ७ मा २४४ जनामा कोरोना संक्रमण देखिएको छ ।
वडा नं. ८ मा ३३६ जनामा कोरोना संक्रमण देखिएको छ । वडा नं. ९ मा ३०० जनालाई संक्रमण देखिएको छ । वडा नं. १० मा २८४ जना छन् र वडा नं. ११ मा २२१ जना सक्रिय संक्रमित रहेका छन् । तारकेश्वर नगरपालिकामा आजको डाटाअनुसार १२ महिला र ११ पुरुष गरी २३ जनामा कोरोना पुष्टि भएको छ ।
अहिलेसम्म तारकेश्वरमा २१९८ जनाको एन्टिजेन टेष्ट गर्दा ४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा १५ जनाको एन्टिजेन टेष्ट गर्दा ७ जनामा पोजेटिभ देखिएको छ । त्यस्तै तारकेश्वरमा ८८८ जना होम आइसोलेसनमा रहेका छन् भने ७७ जना अस्पतालको आइसोलेशनमा रहेका छन् ।
साङ्ला प्राथमिक केन्द्रको आइसोलेशनमा अहिलेसम्म ५० जना भर्ना भएर उपचार गराइरहेका छन् । जसमा ३५ जना डिस्चार्ज भएर घर गएका छन् भने ४ जनालाई रेफर गरिएको छ । २४ घण्टामा ० जना कोरोना संक्रमित बिरामी थपिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्