तारकेश्वरमा २४ घण्टामा २३ कोरोना संक्रमित
काठमाडौं । तारकेश्वर नगरपालिकामा दोस्रो चरणमा कोरोना संक्रमितको संख्या २४४४ पुगेको छ । तारकेश्वर नगरले दिएको जानकारी अनुसार ११२० महिला र १३२४ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या १४३७ रहेको छ । अहिलेसम्म ४२ जनाको मृत्यु भएको छ । जसमा २० महिला र २२ पुरुष रहेका छन् । संक्रिय संक्रमितको संख्या ४६१ महिला र ५०४ पुरुष गरी ९६५ जना पुगेका छन् ।
त्यस्तै तारकेश्वर १ मा कोरोना संक्रमितको संख्या ४५ जना पुगेको छ । वडा नं. २ मा १७९ जना रहेका छन् । वडा नं. ३ मा ८१ जना रहेका छन् । वडा नं. ४ मा २१९ छन् । त्यस्तै वडा नंं. ५ मा २८८ जना छन् । वडा नं. ६ मा २४७ जनामा कोरोना संक्रमण देखिएको छ । वडा नं. ७ मा २४४ जनामा कोरोना संक्रमण देखिएको छ ।
वडा नं. ८ मा ३३६ जनामा कोरोना संक्रमण देखिएको छ । वडा नं. ९ मा ३०० जनालाई संक्रमण देखिएको छ । वडा नं. १० मा २८४ जना छन् र वडा नं. ११ मा २२१ जना सक्रिय संक्रमित रहेका छन् । तारकेश्वर नगरपालिकामा आजको डाटाअनुसार १२ महिला र ११ पुरुष गरी २३ जनामा कोरोना पुष्टि भएको छ ।
अहिलेसम्म तारकेश्वरमा २१९८ जनाको एन्टिजेन टेष्ट गर्दा ४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा १५ जनाको एन्टिजेन टेष्ट गर्दा ७ जनामा पोजेटिभ देखिएको छ । त्यस्तै तारकेश्वरमा ८८८ जना होम आइसोलेसनमा रहेका छन् भने ७७ जना अस्पतालको आइसोलेशनमा रहेका छन् ।
साङ्ला प्राथमिक केन्द्रको आइसोलेशनमा अहिलेसम्म ५० जना भर्ना भएर उपचार गराइरहेका छन् । जसमा ३५ जना डिस्चार्ज भएर घर गएका छन् भने ४ जनालाई रेफर गरिएको छ । २४ घण्टामा ० जना कोरोना संक्रमित बिरामी थपिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्