तारकेश्वरमा खोप लगाएपछि वृद्धवृद्धा भन्छन्, “अब बाँचिन्छ होला”

पुकार तिमलसिना
तारकेश्वर । बुधबार दिउँसो धर्मस्थली स्वास्थ्य चौकी परिसरमा कोरोना विरुद्धको खोप लगाएर निस्किएका वृद्धवृद्धाहरु हँसिलो अनुहारमा देखिए । मास्कले अनुहार ढाकिए पनि हँसिलो अनुहार परैबाट प्रष्ट देखिन्थ्यो । कोही बसेरै हाँसीखुसीका साथ एकआपसमा भलाकुसारी गरिरहेका थिए त कोही घर फर्किने तरखरमा देखिन्थे ।
“खोप लगाइसकेपछि कस्तो लागिरहेको छ र?” भनेर सोध्दा ६३ वर्षीय टीकाराम भण्डारीको जवाफ थियो, “कस्तो लाग्छ र, अब बाँचिन्छ होला नि, खोप लगाइहालियो, राम्रै त होला ।” यतिकैमा उहाँसँगै बस्नुभएका ६१ वर्षीय डम्बर तामाङ्गले भन्नुभयो, “खोप लगाउन पाइयो, मनमा सन्तोक भयो, अब बिरामले भेट्दैन होला ।”
“खोप लगाएपछि ढुक्क लागिरहेको छ, अब त बाँचिएला नि त, खोप लाएपछि कोरोना आउँदैन भन्छन्”, उहाँले भन्नुभयो । यसरी उहाँहरु मात्रै नभई खोप लगाएका सबै वृद्धवृद्धाले ढुक्क लागेको भन्दै सङ्क्रमणले नभेट्ने विश्वास भएको बताए ।
बुधबार वृद्धवृद्धा सहित धर्मस्थली स्वास्थ्य चौकी र मनमैजु स्वास्थ्य चौकीमा ३८० गरि जम्मा ६५० जनालाई कोभिड भ्याक्सिन लगाईएको स्वास्थ शाखाले बताएको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वरमा खोप
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्