मानिसको शरीरभित्र हुन्छ यस्तो अलौकिक शक्ति
वैज्ञानिक तथ्यको आधारमा यो प्रमाणित भइसकेको छ कि मानव शरीर जल, वायु, अग्नि, पृथ्वी तथा आकाश गरी पाँच तत्वबाट बनेको हुन्छ । र यसमा कुनै शंका छैन कि जुन चीज जुन तत्वबाट बनेको हुन्छ, त्यसमा उक्त तत्वको सबै गुण समाहित हुन्छ ।
यसकारण पञ्चतत्वबाट बनेको मानव शरीरमा जलको शीतलता, वायुको तीब्र वेग, अग्निको तेज, पृथ्वीको गुरूत्वाकर्षण र आकाशको विशालता समाहित हुन्छ । यसप्रकारले मानिस अनन्त शक्तिको स्वामी हो । तथा मानिसको शरीरभित्र अलौकिक शक्ति लुकेका हुन्छ ।तर हाम्रै अज्ञानताका कारण हाम्रो शरीरभित्र हुने सुप्त अवस्थामा रहेको छ । जसलाई कुनै पनि व्यक्ति केही प्रयासद्वारा आफूभित्र रहेको शक्तिलाई जगाएर अनन्त शक्तिको स्वामी बन्न सक्छ ।
मानिसको भित्र सुप्त अवस्थामा रहेको शक्तिलाई नै ‘कुण्डलिनी’ भनिएको हो । कुण्डलिनी मनुष्यको शरीरको अलौकिक संरचना हो । जसभित्र ब्रह्माण्डका सबै शक्ति समाहित हुन्छन् । यदि सही शब्दमा भन्ने हो भने मानिसभित्र सारा ब्रह्माण्ड समाहित छ । आजभन्दा हजारौं वर्ष पहिले गुरू शिष्य परम्पराका अनुसार गुरू आफना शिष्यहरुलाई कुण्डलिनी शक्ति को योगाभ्यास तथा शक्तिपातको माध्यमबाट जागृत गराउने गर्थे । त्यसपछि शिष्य अलौकिक शक्तिको स्वामी बनेर समाज कल्याण जथा जनहितमा यी शक्तिको सद्उपयोग गर्दथे ।
कुण्डलिनी जागरण पछि मानिस भित्र अनेक अलौकिक एवम् चमत्कारिक शक्तिको प्रादुर्भाव हुन जान्छ । र मानिस मनुष्यत्वबाट देवत्वतर्फ अग्रसर हुन लाग्छ । कुण्डलिनी जागरण पछि अनेक चमत्कारिक घटनाहरु घट्न थाल्छन् । कुण्डलिनी शक्तिलाई जगाउन का लागि प्रचिनतम् ग्रन्थमा अनेकौं प्रकारका पद्धतिबारे उल्लेख गरिएको मिल्छ । जसमा हटयोग, ध्यानयोग, राजयोग, मन्त्रयोग तथा शक्तिपात आदि छन् ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #अलौकिक शक्ति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्