मानिसको शरीरभित्र हुन्छ यस्तो अलौकिक शक्ति

वैज्ञानिक तथ्यको आधारमा यो प्रमाणित भइसकेको छ कि मानव शरीर जल, वायु, अग्नि, पृथ्वी तथा आकाश गरी पाँच तत्वबाट बनेको हुन्छ । र यसमा कुनै शंका छैन कि जुन चीज जुन तत्वबाट बनेको हुन्छ, त्यसमा उक्त तत्वको सबै गुण समाहित हुन्छ ।
यसकारण पञ्चतत्वबाट बनेको मानव शरीरमा जलको शीतलता, वायुको तीब्र वेग, अग्निको तेज, पृथ्वीको गुरूत्वाकर्षण र आकाशको विशालता समाहित हुन्छ । यसप्रकारले मानिस अनन्त शक्तिको स्वामी हो । तथा मानिसको शरीरभित्र अलौकिक शक्ति लुकेका हुन्छ ।तर हाम्रै अज्ञानताका कारण हाम्रो शरीरभित्र हुने सुप्त अवस्थामा रहेको छ । जसलाई कुनै पनि व्यक्ति केही प्रयासद्वारा आफूभित्र रहेको शक्तिलाई जगाएर अनन्त शक्तिको स्वामी बन्न सक्छ ।
मानिसको भित्र सुप्त अवस्थामा रहेको शक्तिलाई नै ‘कुण्डलिनी’ भनिएको हो । कुण्डलिनी मनुष्यको शरीरको अलौकिक संरचना हो । जसभित्र ब्रह्माण्डका सबै शक्ति समाहित हुन्छन् । यदि सही शब्दमा भन्ने हो भने मानिसभित्र सारा ब्रह्माण्ड समाहित छ । आजभन्दा हजारौं वर्ष पहिले गुरू शिष्य परम्पराका अनुसार गुरू आफना शिष्यहरुलाई कुण्डलिनी शक्ति को योगाभ्यास तथा शक्तिपातको माध्यमबाट जागृत गराउने गर्थे । त्यसपछि शिष्य अलौकिक शक्तिको स्वामी बनेर समाज कल्याण जथा जनहितमा यी शक्तिको सद्उपयोग गर्दथे ।
कुण्डलिनी जागरण पछि मानिस भित्र अनेक अलौकिक एवम् चमत्कारिक शक्तिको प्रादुर्भाव हुन जान्छ । र मानिस मनुष्यत्वबाट देवत्वतर्फ अग्रसर हुन लाग्छ । कुण्डलिनी जागरण पछि अनेक चमत्कारिक घटनाहरु घट्न थाल्छन् । कुण्डलिनी शक्तिलाई जगाउन का लागि प्रचिनतम् ग्रन्थमा अनेकौं प्रकारका पद्धतिबारे उल्लेख गरिएको मिल्छ । जसमा हटयोग, ध्यानयोग, राजयोग, मन्त्रयोग तथा शक्तिपात आदि छन् ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #अलौकिक शक्ति
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्