मतया पर्बको उपलक्ष्यमा लगनखेलमा प्राथमिक स्वास्थ्य शिबिर
ललितपुर, १२ भाद्र- मतया पर्बको उपलक्ष्यमा लगनखेलमा प्राथमिक उपचार शिबिर सन्चालन गरिएको छ । ललितपुर महानगरपालिका ०५ नम्बर वडा कार्यालय-स्वास्थ्य कार्यन्वयन समिति र ललितपुर महानगरपालिका, समाज कल्याण महाशाखा-जनस्वास्थ्य शाखाले उक्त स्वास्थ्य शिबिरको आयोजना गरेका हुन ।
मतया पर्बमा सहभागी रहने भक्तजनले गर्ने पाउ कस्ट र तत समयमा उनीहरुलाई हुने शारिरिक पिडा लगायतका स्वास्थ्य समस्याको निधानका लागि राहत पुर्याउने उदेश्यले स्वास्थ्य शिबिरको आयोजना गरिएको कुरा ललितपुर महानगरपालिका ०५ नम्बर वडाका अध्यक्ष बिकासमान श्रेष्ठले बताए ।
स्वास्थ्य शिबिर पाटन स्वास्थ्य बिज्ञान प्रतिस्ठान र महानगर स्थित ०५ नम्बर वडामा अवस्थित पाटन स्वास्थ्य ल्याब, नेपाल अर्बुद रोग निवारण संस्था, तरकारी तथा फलफुल जिल्ला संघ, गतिशिल बचत् तथा रिन सहकारी संस्था, साझा किनमेल केन्द्र र ललित पोलिटेकनिकल् ईन्सटीच्युटले सहयोगमा सन्चालनमा आएको जानकारी वडा अध्यक्ष श्रेष्ठले दिए ।

त्यसो त, यस बर्षको मतया पर्बमा सरिक रही पैदल यात्रा तय गरेका सयौ श्रढ्वालु भक्तजनहरु मध्य बढी जसो किशोर किशोरीहरु प्राथमिक उपचारका लागि शिबिरमा आएको आयोजक ललितपुर महानगरपालिका ०५ नम्बर वडाका सदस्य एबम् उक्त वडाका स्वास्थ्य कार्यन्वयन समितिका संयोजक शोभा श्रेष्ठले जानकारी गराइन् ।
स्वास्थ्य शिबिरमा वडाका दिदी बहिनी समुह र टोल बिकास संस्था सम्बद्ध सदस्यहरुले स्वयम् सेवकका रुपमा काम गरेका थिए । मतया पर्ब नेवार समुदायले गाइजात्राको भोलीपल्ट मृतक परिवारजनको सम्झना गर्दै पैदल् यात्रा तय गरी मनाउने एक बिशेष पर्व हो र यस पर्वमा आस्थावान भक्तजन् जो कोहीले पनि सहभागीता जनाउने गरेको पाईन्छ ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #मतया पर्ब
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्