काठमाडौंको सोल्टि होटलमा ७ औँ एचआर सम्मेलन सम्पन्न
काठमाडौं । सुरक्षा राज्यको मात्र दाहित्व होईन यो हरेक नागरिकको सुरक्षा दिनु र सुरक्षित रहनु उत्तिकै अत्यावश्यक कुरा हो । प्रविधिको विकास सगै सुरक्षालाई पनि समयानुकुल पून परिभाषित गर्दै हरेक नागरीक पनि अभ्यस्त रहनु पर्ने अहिलेको प्रमुख चुनौती हो । वर्तमान समयको सम्वोधनका लागि शिक्षा र तालिमबाट दक्ष र सक्षम जनशत्तिका साथै प्रविधिको उत्पादन र उपलब्ध गराउनु जि– फोर्स ग्रुपको प्रमुख उद्देश्य हो ।
यहिँ उद्देश्यलाई आत्मसात गर्दै जि–फोर्स ग्रुपको विषेश प्रायोजनमा ७ औँ एचआर सम्मेलन काठमाडौंको सोल्टि होटलमा शुक्रवार सम्पन्न भएको छ । सुरक्षा भन्ने वित्तिकै हामिले सरकार र पुलिस प्रशासनलाई मात्र बुझ्ने गर्दछौ, तर बदलिदो परिवेशमा सुरक्षाको बुझाई फराकिलो र झन जटिल हुदै गएको छ । यस्तै जटिल परिस्थीतिलाई पनि सहज र सरल तरिकाबाट समाधान गर्न पनि अब दक्ष मानव स्रोत सगै प्रविधिको प्रयोग गर्नुपर्ने सम्मेलनमा उपस्थीत विज्ञहरुको सुझाव छ ।
मानव संशाधन व्यवस्थापनका लागि ज्ञान, सिप र प्रविधिको दक्षता भएका जनशत्तिको प्रयोगले निर्देशित उपलब्धी हासिल गर्न सकिन्छ भन्ने आशयलाई मध्यनजर गर्दै करिव ११ वर्षदेखि यो क्षेत्रमा जि–फोर्स ग्रुपले सेवा दिदै आएको छ ।
हाल नेपालका विभिन्न क्षेत्रहरु सुरक्षागार्ड, बाउन्सर, हाउस वाईरिङ, हाउस किपिङ, कार्पेन्टिङ, पलम्विङ, मासोनरी, वल्डिङ जस्ता सिपमुलक व्यवहारिक शिक्षा र तालिमबाट दक्ष र सक्षम जनशत्तिको उत्पादन र सेवा दिदै आएको छ । सुरक्षा र व्यवसाहिक तालिमका क्षैत्रमा आवस्यक पर्ने अत्याधुनिक प्रविधियुत्त सामाग्रीहरुको पनि विकास र प्रयोगमा आएपछि सेवा प्रदान गरेका आफ्ना ग्राहकहरु सन्तुष्ट रेहेको जि– फोर्स ग्रुपका कार्यकारी अध्यक्ष लेफ्टिनेन्ट कर्नेल (रिर्टायर्ड)जयन्द्र विर सिह बस्नेत बताउनु भयो ।
क्याटेगोरी : अर्थ
ट्याग : #७ औँ एचआर सम्मेलन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्