आर्थिक विकासमा बाधक बनेका ऐनकानून परिवर्तन हुन्छ : उपप्रधानमन्त्री
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले देशको आर्थिक विकासमा बाधक बनेका ऐनकानून परिवर्तन गर्ने निष्कर्षमा सरकार पुगेको बताउनुभएको छ ।
ताप्लेजुङवासीको बृहत् भेलालाई आज काठमाडौँमा सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “आर्थिक समृद्धिका लागि बाधक बनिरहेका पुराना नीति बदल्न चाहन्छौँ । सरकारले पुराना नियम तथा ऐन बदल्न चाहेको छ र बदल्ने काम पनि शुरु भइसकेको छ पुराना संरचना समयअनुसार बदल्ने छौँ । यो हाम्रो सङ्कल्प हो ।”
उहाँले ताप्लेजुङको विकासका लागि ताप्लेजुङ विकास कोष स्थापना गर्न स्थानीय जनतालाई आग्रह गर्दै उक्त कोषमा सरकारले सहयोग गर्ने बताउनुभयो । सरकारले कृषि, पर्यटन, जलस्रोतको विकासमा ध्यान दिएको बताउँदै रक्षामन्त्री पोखरेलले दुई तिहाइ जनमत प्राप्त वर्तमान सरकारले घोषणाअनुसारका काम पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयोे ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले गरीब तथा कमजोरको मानसिकताबाट मुक्त भएपछि मात्र देशलाई आर्थिक समृिद्धको बाटोमा अग्रसर हुन सहज हुने विचार व्यक्त गर्नुभयो ।
उहाँले देशमा बेथिति र बजारमा अराजकता बढेको तथा व्यापारीले उपभोक्तालाई ठग्ने गरेकाले उनीहरूलाई कानूनको दायरामा ल्याउनु चुनौतीपूर्ण भएको बताउनुभयो । सांसद योगेश भट्टराईले देशको विकासका लागि सबै एकताबद्ध हुनुपर्नेमा जोड दिँदै अलँैची उत्पादनमा उर्वर ताप्लेजुङको भूमि भरपूर उपयोग हुनुपर्ने बताउनुभयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #रक्षामन्त्री ईश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्