हत्यामा संलग्न रहेको आरोपमा महिला पक्राउ
चितवन । हत्यामा संलग्न रहेको आरोपमा चितवनमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । शारीरिक सम्बन्ध राख्ने क्रममा ईच्छाकामना गाउँपालिका ५ मा रहेको तीन नम्वर पुलबाट सोही ठाउँ बस्ने ६५ बर्षका गोपी प्रजालाइ अन्दाजी ५० मिटर तल खोल्सामा फाल्ने अन्दाजी ४५ बर्षीया काईली भन्ने सर्किना चेपाङलाई ईलाका प्रहरी कार्यालय मुग्लिङले पक्राउ गरेको हो ।
गएको बैशाख ३१ गते राती सवा आठ बजे टाउकोमा चोट लागी मृत अबस्थामा फेला परेको गोपीका बिषयमा अनुसन्धान गर्न ईलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रहरी निरीक्षक सुर्य राना आफैं खटिएका थिए । अनुसन्धानको नेतृत्व गरेका प्रहरी निरीक्षक रानाले घटना शंकास्पद देखिएकोले सुक्ष्मरुपले अनुसन्धान गर्दै जाने क्रममा सर्किना चेपाङलाई ईच्छाकामना गाउँपालिका वडा नंम्बर ५ स्थित घर नजिकैबाट पक्राउ गर्न सफल भएको हो ।
जेठ १ गते पक्राउ परेका चेपाङमाथि अनुसन्धान गर्ने क्रम्मा मृतक गोपी प्रजाले शारीरिक सम्बन्ध राख्ने प्रस्तावमा अस्विकार गर्दा प्रतिकार स्वरुप आफ्नु साथमा रहेको खुर्पाले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाइ छोडि गएको भन्ने प्रारम्भिक रुपमा बताए पनि प्रहरीले यस बिषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ । उनको साथबाट घट्नामा प्रयोग गरिएको फलामले धारिलो घरेलु हतियार खुर्पा समेत प्रहरीले बरामद गरेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्