महिलाहरुले डिजिटल प्लेटफर्म प्रयोग गरेर घरैबाटै आय आर्जन गर्न सक्छन्: उर्मिला श्रेष्ठ,उपाध्यक्ष-नेपाल चेम्बर अफ कमर्श/अध्यक्ष-नेपाल महिला चेम्वर
काठमाडौं, २५ बैशाख- नेपाल चेम्बर अफ कमर्शको उपाध्यक्ष तथा नेपाल महिला चेम्वरकी अध्यक्ष उर्मिला श्रेष्ठले सूचना प्रविधिले बजारिकरणको भाषालाई विशिष्टिकरण गरेको बताएकी छिन । वुमन इन इनफोरमेसन टेक्नोलोजी ९डब्लुआईआईटी० ले शनिवार आयोजना गरेको ’महिला उद्यमीहरूका लागि डिजिटल परिदृश्यमा अवसरहरू’ विषयक वेबिनार कार्यक्रम माझ प्रमुख अतिथीको आसनबाट बोल्दै उनले सो धारणा राखेकी हुन । ‘अरु क्षेत्रहरुको तुलनामा आइसिटी क्षेत्रमा महिलाको सहभागिता अझै पनि कम छ र त्यसलाई बढाउन काम गरिरहेको डब्लुआईआईटीलाई धन्यवाद दिन चाहन्छु’ उनले भनिन ।’महिलाहरुले डिजिटल प्लेटफर्म प्रयोग गरेर घरैबाटै काम गरेर पनि आय आर्जन गर्न सक्छन् । आइसिटीले सफल महिला उद्यमी बन्न एकदमै सहयोग पुर्याउने छ’ अध्यक्ष श्रेष्ठले आफ्नो भनाइ राख्दै भनिन ‘अहिले व्यवसायीहरुले कस्टमाइज गरेको ईमेल पठाएको पनि एकदमै राम्रो प्रक्रिया हो,’उनले भनिन्, ‘महिलासँग राम्रो संचार कौशल हुने हुँदा त्यसको प्रयोग गरेर सफल महिला उद्यमी बन्न सक्छन् ।’
त्यस्तै वेबिनारका अतिथि वक्ताको रुपमा सस्तोडिलका सह(संस्थापक तथा सीटीओ सोधन मानन्धरले ‘अनलाइन बजार बुझ्ने र त्यसमा ब्यापारका लागि अवसरहरू’ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले स्मार्टफोन, ब्रोडब्याण्ड र फोरजीको वृद्धिले ई–कमर्सको प्रगति दिनदिनै भईरहेको उल्लेख समेत गरे । त्यसैगरि उनले मार्केटप्लेस र ई–कमर्स स्टोर बिचको फरक पनि बताएका थिए । मार्केटप्लेसमा प्लेटफर्म र इन्भेन्टरीमा लगानी गर्नुपर्ने र ई–कमर्स स्टोरमा ब्राण्ड र इन्भेन्टरीमा लगानी गर्नुपर्ने उनको धारणा रहेको छ । मार्केटप्लेस हाम्रोबजार, सि टू सि, अलिबाबा जस्तो बि टू बि र सस्तोडिल, दराज जस्तो बि टू सि नहुने उनले बताएका थिए । सस्तोडिलले पिक प्याक सिप मोडेलमा काम गरिरहेको र एर प्याक गरेर ग्राहकलाई पुर्याउने बारे जानकारी दिदै यो मोडेलमा कमिसननै संस्थाको आय हुने बताए । मार्केटप्लेसका लागि बिजनेस प्यान, नागरिकता, ईमेल र फोन नम्बर चाहिने उनले बताए ।
त्यस्तै वेबिनारका अतिथि वक्ताको रुपमा बोल्दै सर्टिफाइड डिजिटल मार्केटिङ ट्रेनर तथा शेरचन कन्सलटिङकी संस्थापक स्वेता शेरचनले उडिजिटल मार्केटिङको बारेमा विशिष्ट जानकारी दिएकी थिईन् । उनले ग्राहकलाई आफ्नो प्रोडक्टले खुशी पार्न सक्नुपर्ने तर्क पेश गर्दै सामाजिक सञ्जालको प्रयोग गरेर राम्रो डिजिटल मार्केटिङ गर्न सकिने राय प्रस्तुत गरिन ।
बिहान ८ बजेदेखि १० बजेसम्म आयोजित सो कार्यक्रममा महिला उद्यमीहरुले डिजिटल प्लेटफर्मलाई प्रयोग गरि व्यवसायमा कसरी सफलता पाउन सक्छन् भन्ने बारे छलफल गरेका थिए । कार्यक्रमको अन्त्यमा क्युएनए राउण्ड भएको थियो । डब्लुआईआईटीले विगत एक दशक देखि महिलाहरुलाई प्रविधिको क्षेत्रमा प्रोत्साहन र प्रवर्द्धन गर्ने कार्य गरिरहेको छ ।
क्याटेगोरी : अर्थ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्