प्रहरी निरीक्षक भट्टको एक्सन : खैरो हिरोइन सहित एक जना पक्राउ

चितवन । चितवन प्रहरीले प्रतिवन्धित लागूऔषध खैरो हिरोइन सहित एक जनालाई पक्राउ गरेको छ ।
पुर्वी चितवनको खैरहनी नगरपालिका १० शान्तीबजारमा खैरो हिरोइनको कारोबार भइरहेको भन्ने विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको टोलीले राप्ती नगरपालिका ८ बिरेन्द्रनगर बस्ने ३२ बर्षीया सुजन तामाङलाइ पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक सुवास भट्टको कमान्डमा खटिएको प्रहरीको टोलीले स-साना प्लाष्टिकले पोका पारेको १५ पोका र साना ठुला २ (दुई) वटा प्लाष्टिकमा रहेको खैरो हिरोईन जस्तो देखीने ६ ग्राम २४० मिलिग्राम र बत्तीस हजार रुपैयाँसहित तामाङलाइ पक्राउ गरेको हो ।
साँझको समयमा शंकास्पद अवस्थामा पैदल हिंडिरहेका उनी चेकजाँच गर्ने क्रम्मा भागेका थिए । पछि प्रहरीले पिछा गरेर आफ्नु नियन्त्रणमा लिइएको जनाएको छ । पक्राउ परेका तामाङमाथि आवश्यक अनुसन्धान गर्ने कार्य भइरहेको खैरहनीका प्रहरी प्रमुख प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिए ।
करणी गरेको आरोपमा एक जना पक्राउ ।
यसैबीच, नातामा छोरी पर्ने एक बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय खैरहनीले एक जनालाई पक्राउ गरेको छ ।
राप्ती नगरपालिका ९ बस्ने अन्दाजी १२ बर्षीया बालिकालाई आफ्नै कोठामा जबरजस्ती करणी गरेको भन्ने पीडितको आमाले दिएको जाहेरीका आधारमा प्रहरीले रुपन्देही रोहिणी गाउँपालिका वडा नम्बर ५ (साविक बोदवार ७) घर भई हाल राप्ती नगरपालिका ९ बस्ने ३५ बर्षीया एक पुुुुरुषलाई पक्राउ गरेको हो ।
पक्राउ परेका आरोपितले घट्ना आफैंले गराएको भनी प्रहरी समक्ष स्वीकार गरेको छ । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्