यि हुन अनुहार चम्किलो बनाउने १० घरेलु उपाय
अनुहार चम्काउन मानिसहरु सौन्दर्य प्रसाधनमा हजारौं खर्च गर्छन्। मापदण्डभन्दा बढी केमिकल राखिएका सामग्रीले रोगको शिकार पनि बनाएका छन्। तर साइडइफेक्ट नहुने र घरमै सहजै पाइने तरिकाप्रति भने सौन्दर्यका पारखीहरुको ध्यान गएको पाइँदैन। केही यस्ता घरेलु तरिका छन्, जसले अनुहार चम्काउन मद्धत गर्छ।
– दुई चम्चा बेसनमा आधा चम्चा बेसार मिलाउने। त्यसलाई १० थोपा गुलाबजल र कागतीको रसले लेदो बनाउने। सो लेदोमा काँचो दूध घोलेर पातलो लेप बनाउने र अनुहारमा लगाउने। करिब २० मिनेटपछि अनुहार पखाल्ने। हप्तामा एक पटक यो तरिका अपनाउँदा अनुहारमा चमक आउँछ।
– डार्क सर्कल हटाउन आँखाको वरिपरि काँचो आलुको टुक्राले हल्का मसाज गर्ने।
– एक चम्चा मह अनुहारमा लगाउने। (यसमा ४÷५ थोपा कागतीको रस मिलाउन सकिन्छ) १५ मिनेटमा अनुहार पखाल्दा चमक आउँछ।
– अनुहारमा चाया आएको छ भने काँक्रोको रसले मसाज गर्दा चाया कम हुन्छ।
– निमको पातलाई पिसेर लेदो बनाएर लगाउँदा छालाको रोगप्रतिरोधी क्षमता बढाउँछ। यसले डन्डिफोर हटाउन पनि मद्धत गर्छ।
– पाकेको केरा मुछेर अनुहारमा लगाउँदा चाउरीपन हटाउँछ र छालालाई कसिलो बनाउँछ।
– काँचो दूधले अनुहार मालिस गर्दा मरेको छाला हटाउँछ।
– काँक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ।
– अनुहारमा घिउकुमारीको रसले मालिस गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ।
– सुन्तलाको बोक्रालाई घाममा सुकाएर पिसेको धुलोमा कागतीको रस मिसाएर लेप बनाउने। यसलाई फेसवासको रुपमा प्रयोग गर्ने।
क्याटेगोरी : जीवनशैली
ट्याग : #\, #अनुहार चम्किलो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्