एमाले महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा बस्दै, माधव नेपाल पक्ष नजाने
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउँसो १ बजे बैठक बोलाइएको छ ।
ओलीले केही दिनअघि बोलाएको केन्द्रीय कमिटी बैठकमा नेता माधवकुमार नेपाल समूहका सदस्यहरू भने सहभागी नहुने भएका छन् ।
नेपालनिकट केन्द्रीय सदस्य निरज आचार्यले ओलीले विधानविपरीत काम गरिरहेकाले उनले बोलाएको बैठकमा आफूहरू सहभागी नहुने बताए । बैठकमा राजनीतिक प्रतिवेदन, कार्यविभाजन, केही संगठनात्मक प्रस्ताव, उपनिर्वाचनको तयारी र समसामयिक प्रस्तावलगायतबारे छलफल र निर्णय हुने एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।
नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले २६१ जनालाई बैठकमा बोलाइएको र उनीहरुलाई बैठकका एजेण्डाबारे पनि जानकारी गराइएको बताएका छन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #एमाले महाधिवेशन आयोजक कमिटी बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्