Techie IT
सोमबार, वैशाख २२,२०८२

काठमाडौंको पुरानो बसपार्कका ११२ ओटा पसलहरुमा सिल


काठमाडौं ।काठमाडौंको पुरानो बस पार्कको सिटी मार्केटका सम्झौता विना सञ्चालन भइरहेका ११२ ओटा पसलहरु ‌महानगरपालिकाले सिल गरेको छ ।महानगरपालिकाले पटक–पटक ताकेता गर्दा पनि सम्झौता नवीकरण गर्न बेवास्ता गरेपछि पसल नै सिल गर्नु परेको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले बताए ।

‘लामो समयदेखि सम्झौता पनि नभएको अवस्थामा हामीले अब त्यहाँ मार्केट नचलाउने गरी हाललाई बन्द गरेका हौँ, ‘अब त्यसलाई भत्काएर सभागृहकै एक पार्टका रूपमा व्यवस्थित गर्छौं । ज्ञवालील भने  ।

काठमाडौं महानगरपालिका राजश्व विभाग प्रमुख डाक्टर शिव अधिकारीले सिटी मार्केटमा व्यवसाय गर्ने व्यवसायीले २०७६ चैतसम्म व्यवसायीहरूको संघमार्फत केही बहाल बुझाए पनि त्यसपछि नबुझाएको बताए । उनले महानगरको खरिद विभागले आय ठेक्कामा लगाउने गरी सार्वजनिक सूचना प्रकाशित गर्दा समेत कुनै प्रस्ताव पेश नभएको बताए।

पलस सिल गर्ने क्रममा व्यापारीले विना सूचना हटाएको भन्दै हो–हल्ला गरेका थिए । प्रहरीको काममा अवरोध पुर्‍याउन खोज्ने केही पक्राउ परेको बताइएको छ।


क्याटेगोरी : स्थानीय
ट्याग : ##बसपार्कका ११२ ओटा पसलहरुमा सिल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Thunder
5:19 am6:41 pm +0545