सरकार गिराउनेबारेमा छलफल गर्न तीन दलको बैठक बस्दै
मुलुकको पछिल्लो राजनीतिक अवस्था र नयाँ सरकारका विषयमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच आज छलफल हुने भएको छ ।
शुक्रबार दिउँसो तीन बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा तीन दलको संयुक्त बैठक बस्न लागेको हो ।
कांग्रेसले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो ।
त्यसको एक हप्तापछि तीन दलको बैठक बस्न लागेको छ । बैठकमा नयाँ सरकार गठनका विषयमा केन्द्रित हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने माओवादी केन्द्रले पहिलेदेखि नै भन्दै आएको छ । यस्तै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थतसमेत फिर्ता नलिँदा दलहरु निर्णयमा पुग्न सकिरहेका छैनन् ।
सरकारलाई दिएको समर्थन फिर्ता नगरेकाले माओवादी केन्द्रको भूमिका दोहोरो देखिएको जसपा र कांग्रेसका नेताहरुले बताइरहेका छन् ।
माओवादी केन्द्रले पनि जसपा र कांग्रेसको कारण नयाँ सरकार बन्न ढिलाइ भइरहेको बताइरहेको छ । जसपामा सरकारमा जानेबारे दुई धार देखिएकाले पनि समस्या देखिएको माओवादी र कांग्रेसका नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको दिनदेखि नै तीन वटै दलले प्रधानमन्त्री ओलीको कदमविरुद्ध आन्दोलन गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तीन दलको बैठक बस्दै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्