Techie IT
शुक्रबार, वैशाख २६,२०८२

सरकार गिराउनेबारेमा छलफल गर्न तीन दलको बैठक बस्दै


मुलुकको पछिल्लो राजनीतिक अवस्था र नयाँ सरकारका विषयमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच आज छलफल हुने भएको छ ।

शुक्रबार दिउँसो तीन बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा तीन दलको संयुक्त बैठक बस्न लागेको हो ।

कांग्रेसले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो ।

त्यसको एक हप्तापछि तीन दलको बैठक बस्न लागेको छ । बैठकमा नयाँ सरकार गठनका विषयमा केन्द्रित हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने माओवादी केन्द्रले पहिलेदेखि नै भन्दै आएको छ । यस्तै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थतसमेत फिर्ता नलिँदा दलहरु निर्णयमा पुग्न सकिरहेका छैनन् ।

सरकारलाई दिएको समर्थन फिर्ता नगरेकाले माओवादी केन्द्रको भूमिका दोहोरो देखिएको जसपा र कांग्रेसका नेताहरुले बताइरहेका छन् ।

माओवादी केन्द्रले पनि जसपा र कांग्रेसको कारण नयाँ सरकार बन्न ढिलाइ भइरहेको बताइरहेको छ । जसपामा सरकारमा जानेबारे दुई धार देखिएकाले पनि समस्या देखिएको माओवादी र कांग्रेसका नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको दिनदेखि नै तीन वटै दलले प्रधानमन्त्री ओलीको कदमविरुद्ध आन्दोलन गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तीन दलको बैठक बस्दै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Partly Cloudy
5:16 am6:43 pm +0545