Techie IT
सोमबार, वैशाख २२,२०८२

टोखामा निशुल्क ३ महिने कम्प्युटर तालिम


टोखा नगरपालिका वडा नं. ५ को आयोजनामा टोखा निवासी नागरिकहरुको लागि ३ महिने कम्प्युटरको आधारभूत तालिम सन्चालन गरिएको छ । उक्त कम्प्युटर आधारभूत तालिममा २२ जनाले सहभागी हुने अवसर पाएका छन् ।

दिनमा बिहान र दिउँसो गरी दुई सिफ्टमा कम्प्युटर आधारभूत तालिम सञ्चालन भएको छ ।

वडा नं. ५ को बजेट तथा आयोजनामा सन्चालन गरिएको ३ महिने तालिमको लागि ३,००,००० को बजेटको व्यवस्था गरिएको टोखा ५ का वडाध्यक्ष जगन्नाथ ढकालले जानकारी दिनुभयो ।


क्याटेगोरी : स्थानीय
ट्याग : #टोखामा निशुल्क ३ महिने कम्प्युटर तालिम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Thunder
5:19 am6:41 pm +0545