प्रधानमन्त्रीद्वारा १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गरेका छन् ।
प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारबाट आज सबै संघीय निर्वाचन क्षेत्रमा एक–एक वटाका दरले सडक शिलान्यास गरेका हुन् । सडक तीनवर्ष भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।
सडकको कुल लागत ५७ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको छ । ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ कार्यक्रम अन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिसमा सडक तय गरिएको हो । हाल संघीय सरकार मातहत ८० वटा राष्ट्रिय राजमार्ग छन्। तिनको निर्माण, सञ्चालन, मर्मत सम्भार र व्वस्थापन गर्ने काम संघीय सरकारले गरिरहेको छ ।
शुभारम्भ कार्यक्रममा दुवै सदनका सांसदहरुको समेत सहभागिता छ । सो कार्यक्रममा एमाले केन्द्रीय सदस्य निरु पाल, युवा संघका अध्यक्ष बचनबहादुर सिंह, वरिष्ठ उपाध्यक्ष किरण पौडेल, उपाध्यक्ष क्षितिज थेबे, महासचिव रमेश आचार्य, फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेललगायतले सम्बोधन गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्