तारकेश्वर वडा नं. १० को प्रशासनिक भवनको संसाद र मेयरले गरे शिलान्यास
काठमाडौं । तारकेश्वर वडा नं. १० को प्रशासनिक भवनको शिलान्यास भएको छ । तारकेश्वर नगरपालिकाको ७० लाख बजेट र संघीय सांसद् कोषको २० लाख गरी ९० लाखमा लोकतान्त्रिक चोकमा बन्ने भवनको शिलान्यास संघीय सांसद् भिमसेनदास प्रधान र तारकेश्वर नगर प्रमुख रामेश्वर बोहोराले संयुक्त रूपमा गर्नुभएको छ ।
वडा नं. १० का अध्यक्ष अमृत थापाकाअनुसार नयाँ बन्ने भवनमा भुई तलामा १० बेडको शहरी स्वास्थ्य केन्द्र, दोस्रोमा वडा कार्यालय र तेस्रोमा कार्यक्रम हल निर्माण हुनेछ ।
उपभोक्ता समितिलाई आर्थिक वर्ष २०७७/७८ मै निर्माण सक्ने गरी कामको जिम्मा दिइएको छ ।
भवन शिलान्यास कार्यक्रममा प्रमुख अतिथि भिमसेनदास प्रधान, विशेष अतिथिमा नगर प्रमुख रामेश्वर बोहरा, उपप्रमुख भवानी डोटेल धिताल, प्रमुख प्रशासकिय अधिकृत शिव लम्साल, नेकपा तारकेश्वरका अध्यक्ष लवकुमार बस्नेत, नेपाली काँग्रेसका वडा नं. १० का सभापति कुमार राई, वडा सचिव बेदु सुवेदी लगायतका वडा नं. १० का जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा टोल सुधार समिति र महिला समूहको पनि उपस्थिति रहेको थियो ।

क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर वडा नं. १० को प्रशासनिक भवन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्