चर्चित कलाकार तथा गायक इन्द्र दोङ्ग लामा (खम्बे) को जन्मदिन अनाथालयमा
काठमाडौं । लोकप्रिय हास्य टेलिशृंखला हर्के हल्दारका निर्माता ,निर्देशक र चर्चित कलाकार तथा गायक इन्द्र दोङ्ग लामा (खम्बे) ले आफ्नो जन्मदिन अनाथालयमा मनाएका छन् ।
तारकेश्वर –३ ठुलागाउँमा अवस्थित मातृ नेपाल अपाङ्ग संघ द्वारा ससञ्चालित बालगृह “मदर नेपाल चाईल्ड होम” मा उनले आफ्नो जन्मदिन मनाएका हुन । आश्रित ४० जना बालबालीकाहरुलाई भोजन गराउँदै तथा नगद रकम सहयोग गरेर खम्बेले आफ्नो जन्मदिन मनाएका छन्। समाजसेवामा अग्रणी भूमिका निर्बाह गर्दै आएका कलाकार खम्बे सधै सामाजिक सेवामा तत्पर रहन्छन्। कोभिड(१९) तथा लक्डाउनको समयमा उनले सयौ घर परिवारलाई आफ्नै खर्चमा राहत समेत वितरण गरेका थिए।
उनको जन्मदिनको अवसर तथा भोजन वितरण कार्यक्रममा कलाकार तथा संचारकर्मी सुर्य चन्द, संचारकर्मी रोशन पोखरेल, हर्के हल्दारका कलाकार सरु दाहाल ‘देउती’ ,बिनोद परियार र बिन्दा दुलाल लगायतका उपस्थित अन्य महानुभावहरुले जन्मदिनको शुभकामना व्यक्त गरेका थिए । उक्त अवसरमा इन्द्र दोङ्ग लामा खम्बेले अगाडीका जन्मदिनहरु पनि यसरी नै मनाउदै आएको र आगामी दिनमा समेत यस तरीकालाई निरन्तरता दिने बताएका छन्।
बिगत डेढ दशक देखि कलाकारिता क्षेत्रमा लागेर आम नेपाली दर्शकहरुको मन जित्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल चर्चित कलाकार इन्द्र दोङ्ग लामा खम्बे काठमाडौँ तारकेश्वर नगरपालिका चौगाउँका स्थायी बासिन्दा हुन् । सडक
नाटकबाट आफ्नो कलाकारिता सुरु गरेका बहुप्रतिभाका धनि कलाकार खम्बेले सुरुवाती दिनहरुमा नै नेपालका चर्चित तथा बरिष्ट हास्य कलाकार मदन कृष्ण श्रेष्ठ तथा हरि बंश आचार्यसँग सहकार्य गर्दै विभिन्न टेलिचलचित्रहरुमा अभिनय गर्ने मौका पाएका थिए ।
मह चौतारी, विभिन्न सडक नाटक, प्रहरी अनुरोध, गाइजात्रा तथा मेला महोत्सवबाट कलाकारितालाई निरन्तरता दिदै आएका उनले पछिल्ला दिनहरुमा एक पछि अर्को चर्चित हास्य टेलिचलचित्रहरु निर्माण गर्दै आएका छन् । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने चर्चित हास्यव्यङ्ग्य टेलिचलचित्र हर्के हल्दारका निर्माता ,निर्देशक तथा चर्चित पात्र समेत रहेका उनले टेलीचलचित्र मार्फत नेपाली जनसमुदायमाझ सदभाव, एकता तथा भाइचाराको संदेश समेत फैलाउदै आएका छन् ।
उनले धर्मस्थलीमा आफ्नै सुटिङ स्टुडियो निर्माण गरेर विभिन्न म्युजिक भिडियो, टेलीचलचित्र र वृतचित्रहरु निर्माण गर्दै आएका छन् ।
क्याटेगोरी : जीवनशैली, समाचार
ट्याग : #इन्द्र दोङ्ग लामा (खम्बे) को जन्मदिन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्