दोस्रो प्राथमिकतामा खोप कसकसलाई
कोरोना
काठमाडौँ, । सरकारले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई यहि फागुन २ गतेदेखि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको ‘कोभिशिल्ड’ लगाउने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले फागुन २ देखि ८ गतेसम्म दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइने जानकारी दिनुभयो । दोस्रो प्राथमिकता परेका व्यक्तिलाई जिल्लाबाट नै खोप प्रदान गरिने छ ।
पहिलो प्राथमिकता परेका व्यक्तिबाट बचेको खोप मन्त्रालयको दोस्रो प्राथमिकता परेका तीन लाख व्यक्तिलाई खोप लगाइने उहाँले बताउनुभयो । खोप अस्पताल र स्वास्थ्य सङ्घसंस्थाबाट लगाइने भएको छ ।
उहाँका अनुसार जिल्ला स्थिति सवै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थानका कर्मचारी, बैंक तथा वित्तिय संस्थानका कर्मचारी, जिल्लास्थित पत्रकार, स्थानीय तहका जनप्रतिनिधी र कर्मचारी, सिमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मी र पहिलो चरणमा प्राथमिकता परेका व्यक्तिलाई खोप लगाइने छ ।
पहिलो चरणको पहिलो प्राथमिकतामा परेका चार लाख ३० हजारलाई लगाउने योजना भएपनि एक लाख ८४ हजारले खोप लगाएका थिए ।
पहिलो चरणबाट बचेको खोप पत्रकार र कुटनीतिक नियोग पदाधिकारी र कर्मचारीलाई यहि माघ २६ गतेबाट लगाउन थालिएको हो । उनीहरुलाई भोलि (शुक्रबार)सम्म लगाइने छ ।
सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ । तिमध्ये मन्त्रालयले यही माघ १४ गतेदेखि माघ २४ गतेसम्म पहिलो चरणमा कूल जनसङ्ख्याका तीन प्रतिशतलाई खोप दिनेमध्ये पहिलो प्राथमिकतामा परेका व्यक्तिलाई मात्र खोप प्रदान गरेको थियो ।
भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले दोस्रो चरणका खोप अभियान नयाँ खोप आएपछि मात्र सञ्चालन गरिने बताउनुभयो । नेपालमा अहिलेसम्म दुई लाख ७२ हजार ३४९ जना संक्रमित भएका छन् । यस्तै दुई लाख ६८ हजार ५४९ जना निको र दुई हजार ४७ जना संक्रमितबाट निधन भएका छन् । शरद शर्मा
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार, स्थानीय, स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्