वरिष्ठ गायक जगत मर्दन थापाको ८५ औ जन्मजयन्तीको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना
काठमाडौ । वरिष्ठ गीतकार, सङ्गीतकार तथा गायक जगत मर्दन थापाको ८५ औ जन्मजयन्तीको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
२०१८ सालमा माया लुकाई लुक्दैनु बोलको गीत भारतको कोलकातामा रेकर्ड गरेसँगै गायक थापाको गायन यात्रा शुरु गरेका थापाको ८४ वर्षको उमेरमा संक्रमणका कारण निधन भएको थियो ।
थापाको ८५ औ जन्मजयन्तीको अवसरमा आज बिहान रेडियो सिटिमा प्रोग्राम गरि गीत बजाउने र ब्याग्राउन्डमा थापाकै गीत लाली गुराँस फुल भन्दाू गीतको धुन बजाउने काम सम्पन्न भएको उनका छोरा मोहीत मर्दन थापाले बताए ।
उनका अनुसार टिचिङ अस्पताल माहाराजगन्जमा आगो दुर्घटनामा परेकी २६ बर्षकि राजबिराज सप्तरी घर भएकि संजू रजक नाम गरेकी महिला लाई केही लत्ता कपडा , खाध्द्यान्न सामग्री र औसधि खर्चका लागि केही आर्थिक सहयोग प्रदान गरिएको छ ।

बुवाल हजुरकै सम्झनामा आजै दिउसो ४ बजे देखि ६ बजे सम्मको समयमा गीतकार वसन्त बित्यासी थापा, मनोहर सुनाम,भोला पौडेल का साथमा साउन्ड डिजाइन स्टुडियो नक्सालमा गायक स्वयंले गाउनु भएको कुनै भेद भाव छैन ,प्रकृतिको सुन्दर बरदानू बोलको गीतमा पुनसाङ्गीतिक धुन स्याक्सोफोनको रेकडिङ्ग गर्ने काम गरिएको छ ।।
छोरा मोहीत मर्दन थापाका अनुसार सांझ ७ बजे आफ्नै निवासमा पारिबारिक र केही आफन्तजनहरु गीतकार वसन्त बित्यासी थापा, जयदेव कृष्ण श्रेष्ठ र राजु के.सिका साथमा दिप प्रज्वलन गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #जगत मर्दन थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्