साहित्यकार खगेन्द्र पाठक सम्मानित
पुकार तिमलसिना / रामेश्वर ढकाल
काठमाडो साउन १२ । बिश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान बेलायत च्याप्टरका अध्यक्ष खगेन्द्र पाठक सम्मानित भएका छन ।
काठमाडौमा आयोजना गरिएको एक भब्य समारोहबिच पाठकलाई सम्मान गरिएको हो ।
पाठकले लामो समय बेलायतमा बसेर नेपाली भाषा , कला , साहित्य र नेपाली बाङ्खमयलाई संरक्षण ,सम्बद्र्धन एवं अन्र्तराष्ट्रिय बजारमा प्रर्बद्धन गर्दे आएका हुन । नेपाली कला साहित्यको प्रखर ब्यतिmत्व पाठकले नेपाली भाषा , साहित्यको संरक्षणका लागी लण्डनमा स्कूल संचालन समेत गरेका छन ।
बिश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान केन्द्रिय कार्य समितिद्धारा आयोजित कार्यक्रमा प्रमुख अतिथि प्राज्ञ.डा उषा ठाकुर एवं अन्य अतिथिमा पूर्व मन्त्रि हरि न्यौपाने ,पूर्व निर्वाचन आयुत डा.रामभक्त ठाकुर , पूर्व राजदुत प्रलाद प्रसाई , किशोर उप्रेदी , समाजसेवी लक्ष्मी प्रसाद प्रसाइ रहेका छन ।
संस्थाकी सचिब कोपीला शिवाकोटीद्धारा संचालित सो कार्यक्रममा नेपाली कला साहित्यप्रेमीहरुको बाक्लो उपस्थितीका माझ कविता बाचन समेत भएको थियो ।

कार्यक्रममा पूर्व मन्त्रि हरि न्यौपानेले कविता मार्फत सम्मानित पाठकलाई शुभकामना ब्यतm गरेका थिए भने पूर्व राजदुत प्रलाद प्रसाईले नेपाली कला , साहित्यको प्रर्बदनका लागि बिश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको महत्वपूर्ण भुमिकाको चर्चा गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा उषा ठाकुले नेपाली भाषा ,बाङ्गमयको संरक्षणका लागी सबै नेपाली लाग्नु पर्नेमा जोड दिइन ।
सम्मानित भएका खगेन्द्र पाठकले आफु बिदेशमा रहदा अझ नेपाली पन बढेको र नेपाली साहित्यमा योग्दान पुराउने श्रष्टाहरुको बार्षिक सम्मानका लागि हाल चार जनाबाट सुरु गरिएको पुरस्कारको ब्यवस्थालाई बढाएर कम्तिमा ५० जना सम्म पुराउने लक्ष्य रहेको बताए ।
कार्यक्रमका सभापति एवं बिश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गापीकृष्ण प्रसाइले बिश्वभर छरिएर रहेका नेपाली साहित्यप्रेमीहरुलाई संस्थामा गोलबन्द गर्दे सृजनात्मक एवं रचनात्मक कार्य गर्दे अघि बढ्दै आएको बताए ।
क्याटेगोरी : विशेष
ट्याग : #खगेन्द्र पाठक, #बिश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्