कसैले पनि लोकतन्त्रमाथि आँखा लगाउन नसक्ने : केपी शर्मा ओली

काठमाडौँ, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले पनि लोकतन्त्रमाथि आँखा लगाउन नसक्ने बताएका छन् ।
शुक्रबार काठमाडौँको नारायणहिटी परिसरमा नेकपाद्वारा आयोजित वृहद जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचन गर्नु सर्वोत्तम प्रणाली भएको बताउँदै कसैले पनि लोकतन्त्रमाथि कर्के नजर नलगाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले ‘अस्थिरता होइन चुनाव चाहियो’ भन्दै उपस्थित सहभागीहरुलाई नारा लगाउन समेत लगाएका थिए ।
काम गर्नै नसक्ने अवस्था आइसकेपछि आफूले नयाँ जनादेशमा जाने अवस्था आइलागेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘देश चुनाव तर्फ गयो गयो ।’
त्यस्तै, उनले अब कसको सरकार बन्ने चुनावले फैसला गर्छ । उनले भने, ‘अब कसको सरकार बन्छ चुनावले फैसला गर्छ ।’
उनले प्रचण्ड माधव पक्षतिर कटाक्ष गर्दै भने ‘चुनाव गर्दा कसरी देश संकटमा जान्छ?’ भनी प्रश्न गरे । प्रधानमन्त्री ओलीले लोकतन्त्र नेपालमा मासिन नसक्ने बताउँदै कसैले पनि लोकतन्त्र तर्फ केही गर्छु भनेर नचिताए हुन्छ, नसोचे हुन्छ भन्दै लोकतन्त्र सुदृढ हुने बलियो हुने बताए । उनले नेपालमा जनता सचेत भइसकेका कारण लोकतन्त्र उज्ज्वल हुने जिकिर गरे
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्