कुवेतमा ‘मेगा रेमीट’ सेवा विस्तार
काठमाडौँ, १२ माघ । मेगा बैंक नेपाल लिमिटेडले कुवेतमा ‘मेगा रेमीट’ सेवा विस्तार गरेको छ ।
मेगा बैंक र कुवेतको लुलु एक्सचेन्ज कम्पनी लिमिटेडबीच रेमीट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको हो । लुलु एक्चेन्जसँगको साझेदारीपछि कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ ।
लुलु एक्सचेन्जका २२ वटा शाखाबाट नेपालीहरुले नेपालमा मेगा रेमीटमा रकम पठाउन सक्नेछन् । यसका साथै, लुलु एक्सचेन्जको मोबाइल एपमार्फत पनि नेपालीहरुले रकम पठाउन सक्ने मेगा बैंकले जनाएको छ ।
नेपालीहरुले कुवेतबाट पठाएको रकम मेगा बैंकका शाखा र मेगा बैंकका देशभर छरिएका ३२ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिनेछ । ‘मेगा रेमीट’ सेवालाई संसारका बिभिन्न देशहरुमा जोड्ने क्रममा मेगा बैंकले कुवेतमा पनि सेवा विस्तार गरेको हो । मेगा बैंकले यसअघि नै कुवेतकै अल मुल्ला एक्सचेन्जबाट पनि रकम पठाउने ब्यवस्था मिलाइसकेको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #गा रेमीट’ सेवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्