गत महिनामा मुलुकभर १६५लैङ्गिक विभेदमा आधारित हिंसाका घटना

गत महिनामा मुलुकभर १६५ महिला तथा बालिकामाथि भएका हिंसाका घटना अभिलेखिकरण गरिएको छ । महिला पुन स्थापना केन्द्र (ओरेक)ले आज सार्वजनिक गरेको महिलामाथि हुने हिंसा सम्बन्धी पुस महिनाको प्रतिवेदनअनुसार सबैभन्दा ८८ वटा (५३ प्रतिशत) घरेलु हिंसा घट्ना रहेका छन् । यसैगरी २८ वटा, बलात्कार, २७ सामाजिक हिंसा, आठ मानव बेचबिखन, चार यौन दुव्र्यवहार, चार हत्या, दुई बलात्कारको प्रयास, दुई विद्युतीय अपराधलगायतका घटना रहेको ओरेकको तथ्याङ्क छ । ओरेकले आफ्नो कार्यालयमा अभिलेखिकरण गरेका (१३९) तथा विभिन्न सञ्चारमाध्यमबाट प्राप्त २६ तथ्याङ्कका आधारमा १६५ लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क सङ्कलन गरेको जनाएको छ ।
उमेरको आधारमा विश्लेषण गर्दा सबैभन्दा धेरै ५७ जना १७ देखि २५ वर्ष उमेर समूहका महिला हिंसाको जोखिममा रहेको पाइएको छ । यसपश्चात हिंसामा पर्ने सबै भन्दा बढी ४६ जना २६ देखि ३५ वर्ष उमेर समूहका महिला छन् । यसैगरी प्रभावित र आरोपितको सम्बन्धलाई विश्लेषण गर्दा, सबैभन्दा बढी ७२ हिंसाका घटना श्रीमान्बाट भएको छ भने ३५ वटा हिंसाको घटना छिमेकीबाट र ३२ वटा परिवारका अन्य सदस्यवाट भएको पाइएको छ ।
तथ्याङ्क हेर्दा महिला हिंसा सबैभन्दा बढी सङ्ख्यामा आफ्नो श्रीमान्, आफन्त, घरपरिवारका सदस्य र आफु बस्ने समाजबाट हुने गरेको कार्यकारी निर्देशक लुभराज न्यौपानेले बताउनुभयो । यस किसिमको हिंसाले महिला जहाँ छन् त्यहीँ नै असुरक्षित छन् भन्ने कुराको पुष्टी गरेको बताउँदै उहाँले घरेलु हिंसा तथा महिलामाथि हुने हिंसा अन्त्यका लागि व्यक्तिगत सोँच र व्यवहारमा परिवर्तन गर्नुपर्ने बताउनुभयो
क्याटेगोरी : अपराध/सुरक्षा
ट्याग : #हिंसा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्