ओली समूहमा काठमाडौंका तीनै तहमा बहुमत जनप्रतिनिधि

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले केन्द्रमा देखिएको विभाजन प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्म पुगेको छ ।
यसको असर विघटित प्रतिनिधि सभादेखि प्रदेश सभा हुँदै स्थानीय तहका जनप्रतिनिधिमा पनि परेको छ । यसैक्रममा निर्वाचित जनप्रतिनिधिहरु पनि नेकपाका दुईमध्ये एक समूहमा खुल्नेक्रम जारी छ ।
सबै तहका जनप्रतिनिधि तथा नेता, कार्यकर्ता अहिले आफ्नो समूह कुन हो भन्ने विषयमा प्रष्ट खुल्न थालिसकेका छन् । स्थानीय ११ वटा तहमध्ये मेयर र उपमेयर गरी नेकपाका १५ जना जनप्रतिनिधि रहेका छन् । तीमध्ये ९ जना ओलीको पक्षमा खुलेका छन् । २ जना तटस्थ रहेका छन् । प्रचण्ड-माधव पक्षमा ४ जनामात्रै खुलेका छन् ।
उपत्यकाका तीनमध्ये काठमाडौंबाट प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो कित्ता प्रष्ट पारेका छन् ।
काठमाडौंका अधिकांश जनप्रतिनिधि नेकपाको ओली समूहमा खुलेका छन् । प्रतिनिधि सभाका ६ मध्ये ४ जना, प्रदेशका १६ मध्ये १२ जना ओली समूहमा खुलेका छन् । प्रचण्ड-माधव पक्षमा प्रतिनिधि सभाका २ र प्रदेशका ४ जना खुलेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ओली समूह
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्