नेकपा शिवपुरी सिंगो गाउँपालिका प्रचण्ड–माधव समूहमा
नुवाकोट । नेपाल कम्युनिस्ट पाटि नेकपा गाउँ सगंठन समिति शिवपुरीले शेराबगरमा भेला सम्पन्न गरेको छ । भेलालाई पुर्व सासंद तथा नेकपा युवा नेता राजेन्द्र प्रकाश लोहनीले सम्बोधन गर्दै प्रधानमन्त्री र राष्टपति मिली सांसद् विघटन गरेको गरेर प्रतिगमनको बाटो रोजेको बताउनुभयो ।
प्रधानमन्त्रीको असवैधानिक कदमका विरूद्ध शिवपुरीमा नेकपा पार्टी एक ढिक्का भएर बढने बताए । नेकपा क्षेत्र नं. १ क्षेत्रीय सयोजक पदम उप्रेतीले अहिले प्रधानमन्त्री केपी ओलीले गरेको ससंद विघटन असंवैधानिक रहेको र पार्टीमा लागेको ठेसलाई पटि लगायर विचलन नभई नेता कार्यकर्ताहरु अघि बढनुपर्ने बताए ।
नेकपा शिवपुरी गाउँपालिकामा ओली समूहमा कोही गएका छैनन् । सिंगो गाउँ पार्टी नै प्रचण्ड–माधव पक्षमा लागेका छन् । उनिहरुले आधिकारिक संस्थापन पार्टी प्रचण्ड–माधव सूमह भएकाले त्यता नै लाग्ने निर्णय गरेको गाउँपालिकाका एक नेताले बताएका छन् ।
नेकपा जिल्ला सदस्य जितेन्द्र बिष्टले अहिले पनि पार्टी केन्द्रमा विभाजन हुने अवस्था भए पनि शिवपुरीमा नहुने र पार्टी एक भएर अघि बढने बताएका छन् । कार्यक्रममा नेकपा नेता राजन श्रेष्ठ गणेश उप्रेती मीन बहादुर तामाङ, उज्वल खड्का, राजकुमार वि.क., रामचन्द्र थापा, मंगलमाया थापा, अन्जु तामाङ र कार्यलय सदस्य बिष्णु श्रेष्ठ र रामराजा दुलाल त्यस्तै नेकपाबाट स्थानीय तहमा निर्वाचित वडा अध्यक्ष पदम बहादुर थपलिया सिताराम थापा सदस्य, सन्तोष थापा नेकपा वडा कमिटी अध्यक्ष महेन्द्र पाण्डे वडा सचिव लालबहादुर तामाङले मनतब्य राखेका थिए। कार्यक्रम सञ्चालन नेकपा शिवपुरीका सचिव दिनेश अधिकारीले गरेका थिए भने नेकपा शिवपुरी अध्यक्ष बीरबहादुर तामाङको सभापतित्वमा कार्यक्रम भएको थियो ।





क्याटेगोरी : राजनीति
ट्याग : #नेकपा शिवपुरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्