नेकपा शिवपुरी सिंगो गाउँपालिका प्रचण्ड–माधव समूहमा

नुवाकोट । नेपाल कम्युनिस्ट पाटि नेकपा गाउँ सगंठन समिति शिवपुरीले शेराबगरमा भेला सम्पन्न गरेको छ । भेलालाई पुर्व सासंद तथा नेकपा युवा नेता राजेन्द्र प्रकाश लोहनीले सम्बोधन गर्दै प्रधानमन्त्री र राष्टपति मिली सांसद् विघटन गरेको गरेर प्रतिगमनको बाटो रोजेको बताउनुभयो ।
प्रधानमन्त्रीको असवैधानिक कदमका विरूद्ध शिवपुरीमा नेकपा पार्टी एक ढिक्का भएर बढने बताए । नेकपा क्षेत्र नं. १ क्षेत्रीय सयोजक पदम उप्रेतीले अहिले प्रधानमन्त्री केपी ओलीले गरेको ससंद विघटन असंवैधानिक रहेको र पार्टीमा लागेको ठेसलाई पटि लगायर विचलन नभई नेता कार्यकर्ताहरु अघि बढनुपर्ने बताए ।
नेकपा शिवपुरी गाउँपालिकामा ओली समूहमा कोही गएका छैनन् । सिंगो गाउँ पार्टी नै प्रचण्ड–माधव पक्षमा लागेका छन् । उनिहरुले आधिकारिक संस्थापन पार्टी प्रचण्ड–माधव सूमह भएकाले त्यता नै लाग्ने निर्णय गरेको गाउँपालिकाका एक नेताले बताएका छन् ।
नेकपा जिल्ला सदस्य जितेन्द्र बिष्टले अहिले पनि पार्टी केन्द्रमा विभाजन हुने अवस्था भए पनि शिवपुरीमा नहुने र पार्टी एक भएर अघि बढने बताएका छन् । कार्यक्रममा नेकपा नेता राजन श्रेष्ठ गणेश उप्रेती मीन बहादुर तामाङ, उज्वल खड्का, राजकुमार वि.क., रामचन्द्र थापा, मंगलमाया थापा, अन्जु तामाङ र कार्यलय सदस्य बिष्णु श्रेष्ठ र रामराजा दुलाल त्यस्तै नेकपाबाट स्थानीय तहमा निर्वाचित वडा अध्यक्ष पदम बहादुर थपलिया सिताराम थापा सदस्य, सन्तोष थापा नेकपा वडा कमिटी अध्यक्ष महेन्द्र पाण्डे वडा सचिव लालबहादुर तामाङले मनतब्य राखेका थिए। कार्यक्रम सञ्चालन नेकपा शिवपुरीका सचिव दिनेश अधिकारीले गरेका थिए भने नेकपा शिवपुरी अध्यक्ष बीरबहादुर तामाङको सभापतित्वमा कार्यक्रम भएको थियो ।
क्याटेगोरी : राजनीति
ट्याग : #नेकपा शिवपुरी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्