माकलबारीको १०औँ साधारणसभा सम्पन्न
माकलबारी बचत तथा ऋण सहकारी संस्थाको १०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीले विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको कारणले संस्थाले ‘महामारीमा साधारणसभा सञ्चालन कार्यविधि २०७७’ तयार गरी पुस ११ देखि १४ गतेसम्म संस्थाको कार्यालयमै साधारणसभा सम्पन्न गरेको हो ।
साधारणसभाको उद्घाटन गर्दै गोकर्णेश्वर नगरपालिकाका सहकारी शाखा प्रमुख पुण्यप्रसाद दाहालले सहकारीले राम्रो काम गरिरहेको भन्दै आगामी दिनमा पनि अझै आक्रामकरूपमा विस्तार हुन सुझाव दिनुभयो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिका–४ का वडा सदस्य जयराम महतले सहकारीले आगामी दिनमा थप चुस्त र स्तरीय सेवा दिनका लागि सेवाहरुको विस्तार गर्न सुझाव दिनुभयो ।
“सहकारी ऐन २०७७ ले कल्पना गरेको ‘एक व्यक्ति एक सदस्य’को अवधारणालाई पालन गर्दै माकलबारी बचत तथा ऋण सहकारी संस्था र उज्यालो संपद बचत तथा ऋण सहकारी संस्थाबीच हुदै गरेको एकीकरणको शुभकामना दिनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष उदय सापकोटाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै हालसम्म संस्थामा रु तीन करोड २७ लाख ५५ हजार ५३ कारोबार भएको, शेयरपूँजी रु ४५ लाख ८८ हजार २०० रहेको र ऋण लगानी रु दुई करोड १३ लाख ७६ हजार ९८७ रहेको जानकारी दिनुभयो ।
क्याटेगोरी : अर्थ
ट्याग : #माकलबारी बचत तथा ऋण सहकारी संस्था
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्