नेपाल चेम्बर व्यवसायीक छात्रवृत्ति सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, १२ पौष -नेपाल चेम्वर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसन बीच दोश्रो नेपाल चेम्वर व्यवसायीक छात्रवृत्ति सम्वन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । चेम्बर र क्याम्पस बीच चेम्वर मार्फत शैक्षिक छात्रवृत्ती उपलब्ध गर्न फाउण्डेशनबाट बिगतमा उपलब्ध हुंदै आएकोमा सोको निरन्तरता स्वरुप उक्त सम्झौता भएको हो ।
सो अवसरमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले दोश्रो पटक शैक्षिक छात्रवृत्ती उपलब्ध गराएकोमा लर्ड बुद्ध एजुकेसन फाउण्डेसनलाई धन्यबाद दिदै प्राप्त छात्रवृत्ती जिल्ला चेम्वर मार्फत बिपन्न वर्गका प्रतिभाशाली बिद्यार्थीहरु छनौट गरी बितरण गरिने बताए । यसबाट बिपन्न वर्गका जेहन्दार बिद्यार्थीहरु लाभान्वित हुने बताए ।
लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसको तर्फबाट फाउण्डेशनका अध्यक्ष पंकज जालान तथा नेपाल चेम्वर अफ कमर्सको तर्फबाट चेम्वरका सामाजिक तथा खेलकुद समितिका सभापति दीपककाजी तुलाधरले समझदारी पत्रमा हस्ताक्षर गरे ।हस्ताक्षर कार्यक्रममा नेपाल चेम्बरका वरिस्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेश अग्रवाल लगायतको उपस्थिती रहेको थियो ।
क्याटेगोरी : अर्थ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्