नेपाल चेम्बर व्यवसायीक छात्रवृत्ति सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं, १२ पौष -नेपाल चेम्वर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसन बीच दोश्रो नेपाल चेम्वर व्यवसायीक छात्रवृत्ति सम्वन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । चेम्बर र क्याम्पस बीच चेम्वर मार्फत शैक्षिक छात्रवृत्ती उपलब्ध गर्न फाउण्डेशनबाट बिगतमा उपलब्ध हुंदै आएकोमा सोको निरन्तरता स्वरुप उक्त सम्झौता भएको हो ।
सो अवसरमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले दोश्रो पटक शैक्षिक छात्रवृत्ती उपलब्ध गराएकोमा लर्ड बुद्ध एजुकेसन फाउण्डेसनलाई धन्यबाद दिदै प्राप्त छात्रवृत्ती जिल्ला चेम्वर मार्फत बिपन्न वर्गका प्रतिभाशाली बिद्यार्थीहरु छनौट गरी बितरण गरिने बताए । यसबाट बिपन्न वर्गका जेहन्दार बिद्यार्थीहरु लाभान्वित हुने बताए ।
लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसको तर्फबाट फाउण्डेशनका अध्यक्ष पंकज जालान तथा नेपाल चेम्वर अफ कमर्सको तर्फबाट चेम्वरका सामाजिक तथा खेलकुद समितिका सभापति दीपककाजी तुलाधरले समझदारी पत्रमा हस्ताक्षर गरे ।हस्ताक्षर कार्यक्रममा नेपाल चेम्बरका वरिस्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेश अग्रवाल लगायतको उपस्थिती रहेको थियो ।
क्याटेगोरी : अर्थ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्