मध्य भोटेकोसीमा स्थानीयले काम पाउन पर्ने माग
रामचन्द्र नेपाल
बाह्रबिसे । निर्माणाधीन मध्य भोटेकोसी जलविद्युत आयोजना (१०२ मे वा )मा स्थानीयले काम पाउन पर्ने माग गरेका छन । मध्य भोटेकोसी जलविद्युत आयोजना (१०२ मेवा ) ले टेन्डर आह्वान गरेपछि उक्त टेन्डरको काम स्थानीयले गर्न पाउन पर्ने माग गरेका हुन ।
असार ६ गते उक्त आयोजनाले भोटेकोसी गाउँपालिका वडा नम्बर ५ ( साबिक को मार्मिङ गाविस ) को चाकुमा एउटा विद्यालय, स्वास्थ चौकी भवन र कृषि कार्यालय र क्याम्प वरिपरि बाल लगाउन टेन्डर आह्वान गरेको थियो । उक्त टेन्डरको काम आफुहरुले गर्न पाउनु पर्ने भन्दै आएका हुन ।
आयोजनाका प्रमुख डाक्टर सुनिल लामाले भने स्थानीयले आफुले गर्न पाउनु पर्ने माग जायज नभएको बताउदै प्रक्रिया पुर्याएर आएमा जस्ले कममा काम गर्न टेन्डर हाल्छन उसले नै काम पाउने बताए। प्राप्त जानकारी अनुसार उक्त टेन्डर हाता पार्न आफुलाइ जिल्लाका नामुद डन ठान्ने सगुन ग्रुप लागेको बुझिएको छ । उक्त टेन्डरको फारम अफिसबाट बिक्री भएको तर कसैले पनि टेन्डर माग फारम भरेर अफिसमा नआएको बुझिएको छ ।

क्याटेगोरी : अर्थ
ट्याग : #मध्य भोटेकोसी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्