देशमा संकट पर्दा आफूमाथि हमला : ओली
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जहिले पनि देशमा संकट पर्दा आफूमाथि हमला हुने गरेको बताउनुभएको छ ।
मंगलबार नेकपाको केन्द्रीय कमिटीको बैठकमा संविधानसभा विघटन गर्नुपरेको औचित्य पुष्टि गर्नुहुँदै उहाँले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले आक्रमण गर्ने गरेको बताउनुभएको हो ।
देशमा केही हुन सक्दैन भनेर नेपाली जनताले आशा र भरोसा त्यागिसकेको अवस्थामा जनतालाई विश्वास दिलाइसकेको अवस्थामा पार्टीकै एक पक्षले सरकार गिराउन चलखेल गरेको बताउनुहुँदै उहाँले विगतमा छुटेको भूभागलाई नेपालको राजनीतिक नक्सामा समेटेको जानकारी दिनुभयो ।
देश एकजुट भएर राष्ट्रियताप्रति जागरुक भएर लड्नुपर्ने बेलामा पार्टीलाई फुटाउनु खोज्नु दुर्भाग्य भएको उहाँले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्