‘लगानीको वातावरण बनाउन सरकार र निजी क्षेत्रले विधि खोज्नुपर्छ’ : उद्योगपति विनोद चौधरी
नेपाली काँग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले नेपालमा अझै लगानीको वातावरण बन्न नसकेकाले सरकार र सरोकारवाला निकायका बीचमा उपयुक्त विधि खोजी गर्नुपर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज आयोजना गरेको ‘अर्थनीति बहस’ मा उहाँले सरकारले निजी उद्योगी व्यवसायीलाई हेर्ने सोचमा अझै परिवर्तन गर्नुपर्ने र लगानीको वातावरण बनाउनुपर्ने बताउनुभयो ।
नेपालमा लगानी ल्याउन चाहने र नयाँ सोच भएका युवा उद्यमशील बन्ने चाहना राखेको भए पनि उपयुक्त वातावरण बन्न नसकेको उल्लेख गर्दै उहाँले आर्थिक क्षेत्रका विकासका लागि फराकिलो सोच जरुरी रहेको स्पष्ट पार्नुभयो ।
निजी औद्योगिक क्षेत्रको विकासका लागि ऐन कानून नीतिनियम बनाउने कानून निर्माताको सोचमा सकारात्मक परिर्वतन नआएसम्म नेपालमा लगानीको सहज वातावरण बन्न नसक्ने उहाँको टिप्पणी छ ।
उद्योगपति चौधरीले आफूले विगत ४५ वर्षदेखि उद्योग व्यवसायका क्षेत्रमा काम गरेको अनुभाव सुनाउँदै भन्नुभयो, “नेपालमा धेरै जस्तो कानून औद्योगिक क्षेत्रको विकासका लागि प्रभावकारी बन्न सकेनन्, औद्योगिक वातावरण बनाउने गरी कानून, नीति तथा नियम बन्नु जरुरी छ ।
” उहाँले पुरानो सोचमा परिवर्तन गर्नुपर्ने र आर्थिक क्षेत्रको विकासका लागि कानूनी सहजता हुनु आवश्यक रहेको उहाँको भनाइ छ । उद्योगी व्यवसायलाई कानूनले बाध्नेभन्दा पनि सहजीकरण गरिदिए मात्र विदेशी वा स्वदेशी लगानी बढ्ने भन्दै सांसद चौधरीले आफू यस क्षेत्रमा लागेको ४५ वर्षमा पनि अझै उस्तै कानूनी जटिलता रहेको बताउनुभयो ।
पर्यटन, शिक्षा औषधिजन्य कृषिलगायतका क्षेत्रमा लगानी बढेको उल्लेख गर्दै उहाँले नेपालमा लगानी लगाउनसक्ने क्षेत्र अझै धेरै रहेको बताउनुभयो । उद्योगपति चौधरीले भन्न्ुभयो, “धेरैभन्दा धेरै युवालाई उद्यमशील बनाउन सरकारले युवालाई प्रशिक्षण कक्षा सञ्चालन गर्नुपर्छ, कतिपय युवा उद्यमी बन्न चाहेर पनि सही दिशानिर्देशन गर्ने मान्छे नहुँदा अन्य क्षेत्र लाग्नुपर्ने बाध्यता छ ।”
क्याटेगोरी : अर्थ
ट्याग : #विनोद चौधरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्