नवील बैंकको १२ गाउँपालिकामा शाखा
नवील बैंकले देशका विभिन्न गाउँपालिकामा १२ शाखा मंगलबारदेखि थप गरेको छ ।
बैंकिङ सेवा शुरु भएका गाउँपालिकामा डडेल्धुराको आलिताल, सुर्खेतको बराहताल, बझाङको वित्थडचिर, रुपन्देहीको सम्मरीमाई, जुम्लाको तिला, सल्यानको दार्मा, बैतडीको पञ्चेश्वर, डोटीको सायल, अछामको रामारोशन र तुर्माखाद, कालीकोटको पचालझरना र पलाँता छन् ।
यहाँ मंगलबार आयोजित कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले ती गाउँपालिकाका शाखाको विद्युतीय स्वीच थिचेर उद्घाटन गर्नुभएको हो । मन्त्री खतिवडाले ग्रामीण भेगमा गरिएको शाखा विस्तारबाट वित्तीय कारोबार बैंकिङ प्रणालीबाट गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बैंकिङ सेवा पुग्न नसकेका स्थान तथा अन्य गाउँपालिकामा पनि सेवा विस्तार गर्न सुझाव दिँदै उहाँले समृद्ध नेपाल सुखी नेपालीका लागि वित्तीय समावेशिता, बैंकिङ पहुँच तथा बैंकिङ महत्वका बारे बताउनुभयो ।
बैंकका कार्यकारी अधिकृत अनिलकेशरी शाहले प्रत्येक गाउँमा बैंकिङ सेवा विस्तार गरी वित्तीय अनुशासन कायम गर्न केन्द्रीय बैंकले दिएको निर्देशनअनुसार अन्य स्थानमा पनि शाखा थप गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
क्याटेगोरी : अर्थ
ट्याग : #नवील बैंक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्