२४ कम्पनीको १७ अर्बको प्राथमिक शेयर निष्कासन हुँदै
२४ कम्पनीको साढे १७ अर्ब रुपैयाँ बराबरको प्राथमिक शेयर निष्कासन (आइपिओ) हुने भएको छ ।
२४ कम्पनीले मध्ये १५ कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिइसकेकाले स्वीकृतको पखाईमा छन् भने बाँकी ९ कम्पनीले पनि आइपिओ निष्कासनका लागि निवेदन दिने तयारीमा रहेका छन् ।
बोर्डमा निवेदन दिएका १५ कम्पनीले ४ अर्ब ४५ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको शेयर निष्कासनका गर्दै छन् । साथै, ८ बीमा कम्पनीले करिव ५ अर्ब ५ करोड रुपैयाँको शेयर बिक्री गर्ने तयारीमा रहेका छन् । त्यसैगरी, इन्फास्टक्चर डेभलपमेन्ट बैंकले ८ अर्ब रुपैयाँ बराबरको आइपिओ निष्कासन गर्ने तयारी गरेको छ । ती सबै कम्पनीको करिव साढे १७ अर्बको आइपिओ आउँदै छ । सामान्यतया बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र शेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
रिलायबल लाइफ, महालक्ष्मी लाइफ, सानिमा लाइफ, आइएमइ लाइफ, सिटिजन्स लाइफ, ज्योति लाइफ, युनियन लाइफ र सन नेपाल लाइफले पनि आइपिओ निष्कासन गर्ने तयारी गरिरहेका छन् ।
जलविद्युत समूहका कम्पनीमा हिमालयन हाइड्रोपावर लिमिटेड (स्थानीय र सर्वसाधारण), विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (स्थानीय बासिन्दा र सर्वसाधारण), रुरु लघुजलविद्युत् परियोजना (स्थानीय बासिन्दा र सर्वसाधारण), शुभम् पावर लिमिटेड (सर्वसाधारण), सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, तेह्रथुम पावर कम्पनी (स्थानीय बासिन्दा र सर्वसाधारण), मैलुङ खोला जलविद्युत (सर्वसाधारण), ग्रिनलाइफ हाइड्रोपावर (स्थानीय बासिन्दा र सर्वसाधारण), सिँगटी हाइड्रो इनर्जी, मैलुङ खोला जलविद्युत् (सर्वसाधारण) र मध्यभोटेकोसी जलविद्युत् (स्थानीय बासिन्दा र सर्वसाधारण) छन् । शेयर निष्कासन अनुमतिका लागि आवेदन दिएका अन्य समूहका कम्पनीमा डिस मिडिया नेटवर्क, इमर्जिङ नेपाल र चन्द्रागिरि हिल्स् छन् ।
क्याटेगोरी : अर्थ
ट्याग : #शेयर निष्कासन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्