दशैं विदापछि खुलेको बजारको दमदार ओपनिङ ,नेप्से १६४७.४५ विन्दूमा
काठमाण्डौ । दशैं विदापछि खुलेको बजारको दमदार ओपनिङ भएको छ । वाणिज्य बैंकहरुको सेयरमा खरीद चाप ह्वात्तै बढेका कारण नेप्से परिसूचकमा उछाल आएको छ भने कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ ।
वाणिज्य बैंकसँगै विकास बैंक, बित्त कम्पनीहरुको सेयरमा समेत उछाल आयो ।
कोरोना कहरका बीच बैंक तथा वित्तीय संस्थाहरुले एकपछि अर्को गर्दै सरप्राइज लाभांश घोषणा गर्न थालेपछि त्यसको प्रभाव सेयर बजारमा देखिएको हो । यही कारण दशैंविदा पछि खुलेको सेयर बजारमा ४१.२० अंकको उछाल आएको छ ।
उछालको गतिमा दौडिएको बजार मापक परिसूचक(नेप्से) १६४७.४५ को विन्दूमा पुगेको छ भने पौने ३ अर्ब रुपैयाँ हाराहारीको सेयर किनबेच भएको छ ।
कारोबार सुरु भएदेखि नै बैंकिङ समूह बढ्न थालेको छ । यो समूहका कारण समग्र बजारमा रौनक छायो ।
बजार बन्द हुँदासम्म बैंकिङ समूह ५५.१५ अंकले बढ्यो । यो भनेको ४.२७ प्रतिशतको उछाल हो ।
यस्तै, विकास बैंक समूहको उपसूचक ६०.९७ अंक(करिब ३ प्रतिशत)ले बढ्यो भने वित्त समूह १३.३८ अंक, होटल समूह ३२.८५ अंक, जलविद्युत समूह ३.८६ अंक, जीवन बिमा समूह २५.१९ अंक, निर्जीवन बिमा समूह ४७.०७ अंक, उत्पादन तथा प्रशोधन समूह २०.८८ अंक, माइक्रोफाइनान्स समूह २५.१९ अंक, अन्य समूह १४.५७ अंकले बढे ।
यो दिन व्यापार समूहमा भने ८.८३ अंकको गिरावट आयो ।
नेपालको सेयर बजार बैंक तथा वित्तीय संस्थाहरुबाट बढी प्रभावित हुने बजार हो । बजार पूँजीकरणको हिसाबले पनि वाणिज्य बैंकहरुका कारण यो समूह अग्र स्थानमा छन् । यहीकारण वाणिज्य बैंक समूहमा चमक आउनेबित्तिकै त्यसले समग्र बजारलाई नयाँ रौनकले भरिदिन्छ । बुधबारको बजार त्यस्तै देखिएको छ ।
क्याटेगोरी : अर्थ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्