भीम रावलले यो वर्षको दशैं भत्ता नलिने
काठमाडौं, २ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं प्रतिनिधि सभा सदस्य भीम रावलले यो वर्षको दशैं भत्ता नलिने भएका छन् ।
हालै दशैं भत्तावापत आफ्नो खातामा रकम जम्मा भएको बताउँदै उनले उक्त रकम कट्टी गर्न मञ्जुरी समेत दिएका छन् ।
आइतबार बिहान ट्विट गर्दै उनले अन्य सांसदहरुले समेत भत्ता नलिनेमा आफू विश्वस्त रहेको बताएका छन् । उनले लेखेका छन्, ‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो । हालको विषम् स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दशैंभत्ता नलिने व्यवस्था गरियोस् । सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।’
लगत्तै उनले अर्को ट्विट गर्दै लेखेका छन्, ‘दशैं भत्ताको रकम नलिन कुनै कानून संशोधन गर्न वा नयाँ कानून बनाउनु पर्दैन ।’ नीतिगत रुपमै यो वर्षको दशैं भत्ता नदिन र नलिन उनले सम्बन्धित सबैलाई आग्रह समेत गरेका छन् ।
कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलगायतले भत्ता समयमै नपाइरहेको चर्चा भइरहेको बेला सांसदहरुको खातामा भने भत्ता जम्मा भएकोमा आम रुपमा आलोचना शुरु भइसकेको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #भीम रावल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्